गृहपृष्ठ » साहित्यदयालुले ग¥यो के

दयालुले ग¥यो के

April 5, 2016२०५ पटक

ग¥यो के समाजमा दयालुले !
ग¥योे के राष्ट्रमा मायालुले !
मात्र ग¥यो बिचरा भन्दै मुख चुक चुकाउने !
न दियो त्यसले अधिकार ?
न भरी दियो हाम्रो खाली पेट ?
पार्न पनि सकेन दयालुले सपना साकार
ग¥यो के दयालुले बिचरा भन्नु शिवाय !!!

उहुँ हुन्न अब दयालुको मालिक बनेर
अरुको दुःखमा आशु झारेर
पेट भर्न हिडिरहेको छ, तल्लो घरको काले
उपचार नपाएर छटपटाएको छ, उपल्लो घरको ठुले
अब गर्ने के बिचरा भन्नु शिवाय !
ग¥यो के दयालुले गाउँमा !

उनि मालिकका खुट्टा मोलेर
उनको कोटको धुलो झारेर
कति समय जिउने अब गुनासो मात्र गरेर ?
अझ मनमा आउछ,
त्यहि दयाको भाव,
ई बरै मुखियाले पिट्नु पिटेछन् रामलाई ?
त्यसको भाग्य पनि कस्तो …
सानैमा भयो टुहुरो….
जीवन पनि कस्तो गधाको जस्तो
आउछँ यस्तो यस्तो दयाको भाव ।
खै दयालुले कस्लाई के ग¥यो !!!

आज जान्न मन लाग्यो ..
कस्लाई के ग¥यो दयालुले !
भोको पेट र्भयो कि ?
अन्यायलाई न्याय दियो
उपचारको लागी औषधि दियो कि ?
फाटेको मन पो सियो !
कि दियो मानवअधिकार ?
जान्न मन लाग्यो दयालुले के चाहिँ ग¥योे !!
दीपकअनुरागी आचार्य ।

– See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=27946#sthash.hC8zL4ug.dpuf

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण