गृहपृष्ठ » शिक्षाजाजरकोटमा झाडापखलाको प्रकोप

जाजरकोटमा झाडापखलाको प्रकोप

April 5, 2016८१ पटक

जाजरकोट । जाजरकोटको दशेरामा झाडापखालाको प्रकोप फैलिएको छ । दशेरा जाजरकोटको पश्चिम क्षेत्रमा पर्दछ ।

जनप्रिय उच्च मा.वि दशेरा एसएलसी परीक्षा केन्द्रका केन्द्राध्यक्ष र निरीक्षक सहित परीक्षा दिईरहेका १९ विद्यार्थीमा झाडापखाला देखिएको हो । स्थानीय अन्य १६ जनामा पनि झाडापखला देखिएको छ ।

पखालाबाट केन्द्राध्यक्ष शेरबहादुर अधिकारी, निरीक्षकहरु हर्कबहादुर थापा, विपना थापा, ऐनबहादुर थापा र कल्पना गिरी र करिब १९ जना परीक्षार्थी बिरामी परेको अधिकारीले बताए ।

रामोदय मावि जेवा दशेरा, कालिका मावि सोडारी साल्मा, बाल उच्च मावि झाप्रा र सरस्वती उमावि सीमाका विद्यार्थी पखालाका बिरामी परेको केन्द्राध्यक्ष अधिकारीले बताए ।

५ ओटा विद्यालयबाट परीक्षा दिन आएका ५२१ जना विद्यार्थी र निरीक्षकहरु समेत दशेर विद्यालय नजिकै बस्छन् । त्यती धेरै संख्यामा मानिसहरु भेला भएको ठाउँमा शौचालयको उचित व्यवस्था छैन ।

दशेरामा सरसफाईमा ध्यान नदिदा झाडापखाला फैलिएको अननुमान गरिएको छ। परीक्षा दिंदै गरेका विद्यार्थीहरु पखलाले सताएपछि ५ पटकसम्म कक्षाबाट बाहिरिनु परेकोले समस्या भएको बताए । यसअघि २०६६ सालमा फैलिएको झाडापखालाले महामारीको रुप लिदा २ सय बढी जाजरकोटवासीको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण