गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारलागु औषध कारोबारमा तीन भारतीय नागरिकसहित ४ जना पक्राउ

लागु औषध कारोबारमा तीन भारतीय नागरिकसहित ४ जना पक्राउ

August 10, 2015३१२ पटक

IMG_0574राजविराज, साउन २५ – लागु औषध कारोवारमा सक्रिय ३ भारतीय नागरिकसहित ४ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

केही दिन यता सीमावर्ती भारतीय क्षेत्रबाट लागु औषध ओसार–पोसार र कारोवार गर्ने गिरोह सक्रिय भएको सुइँको पाएपछि निगरानी कडा बनाएको प्रहरीले सोमवार गिरोहका ४ जनालाई पक्राउ गर्न सफलता पाएको हो । पव्रmाउ पर्नेहरुमा भारतको सुपौल जिल्ला कुनौली ग्राम पंचायत ५ बस्ने २१ वर्षीय सोनु कुमार प्रधान, ३५ वर्षीय राजेश महतो तथा निर्मली थाना वडा नं. ५ बस्ने ३२ वर्षीय राजेश कुमार महतो छ । यस्तै सप्तरीको सकरपुरा–५ बस्ने २७ वर्षीय प्रमोद कुमार साह पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ठूलो संख्यामा लागु औषध बरामद गरिएको छ । प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरीयाले डाइजेपाम २ सय थान, लुमिजेसिक १ सय थान, फेनार्गन २ सय थान र बुप्रिनोनाइन १ सय थान बरामद गरिएको बताए । लागु औषधका लागि उनीहरुले प्रयोग गरेको को.१०प ६९८४ र भारतीय मि.बी. २३ एल १९८२ नम्बरको २ थान मोटरसाइकल समेत बरामद गरिएको छ ।

उनीहरुलाई राजविराज कुनौली सडक खण्डबाट चेक जाँचको क्रममा पक्राउ गरिउको प्रनाउ चिमरीयाले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण