गृहपृष्ठ » अार्थिकशौचालयमा झाडी,पिउने पानीको समस्या ।

शौचालयमा झाडी,पिउने पानीको समस्या ।

April 6, 2016१२३ पटक

राम बहादुर दानी

चैत्र २४ बाजुरा

जिल्लालाई खुला दिशा मुक्त क्षेत्र घोषण गरेको करिब अढाइ बर्ष बितिसकेको छ । देशकै सोह्रौ खल्ला दिशामुक्त क्षेत्र घोषणा भएको जिल्ला बाजुराका केहि ठाँउमा सौचालयहरुमा काँडेतार लगाएको पाइएको छ । गर्मी तथा सुख्खा मौसम नजिकिदै जाँदा बडिमालिका नगरपालिका वडानम्बर २ मा पर्ने सटेडाका केहि घरहरुमा अँझै सम्म चर्पीको प्रयोग नभएको पाइएको छ । जनसँख्या बृद्धि र अब्यबस्थित रुपमा बन जागल फडानी गर्नाले जतततै पानीका मुहानहरु सुकेर जाँदा पानीका धाराहरु पनि सुख्खा बनेका छन । जँगल फडानी भएकै कारण अक्सिजनको मात्रा कम भै कार्बनडाइअक्साइडको मात्रा भढेर अति धेरै जमिन पोल्ने भएको छ । त्यस्तै जलवायु परिवर्तनकै कारण जेठमा पाक्ने गहु जौ वाली पनि रोग लागेर पहेला भएको पाइएको छ । जसरी जिल्लाको सरसफाइमा तिब्रता लिएर जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको भएता पनि सम्बन्धित सरकारवाला निकायहरु गाँउमुखी नभएर सहरमुखी बढी भएकै कारण ग्रामिण भेगमा निर्माण गरिएका चर्पीहरुको सही सदुपयोग भएको छ या छैन अनुगमनकै कारण पनि यसरी शौचालयमा बाड लगाएको पाइएको छ । उक्त क्षेत्रमा पानीका मुहानहरु सुकेर गएका छन । दुसित पानी पिउनाले बिभिन्न रोगहरुको सिकार बन्नु पर्छ भन्ने कुरा थाहा हुदा हुादै पनि त्यस क्षेत्रका जनताहरु कुवाको पानी पिउन बाध्य भएका छन । पुरानै निर्माण भएका धाराहरुका टुटी समेत भताभँग टुटाएरा पानीका धाराहरु सुख्खा भएका छन । त्यस्तै जिल्लाको सदरमुकाम मार्तडी नजिकै पर्ने बडिमालिका नगरपालिका वडा नम्बर ४ मा पिप्से गाँउमा पनि पिउने पानीको समस्या देखिएको छ । ८ वटा मात्र घरधुरी भएको पिप्से गाँउमा २०५४ सालमा सप्रोस नेपालको सहयोगमा खानेपानी निर्माण भएता पनि २०५८ सालको भुकम्पले पानीको मुहान धसिदै गएपछि पानी सुकेको स्थानिय प्रेम बहादुर खड्काले जानकारी दिएका छन् । प्रारम्भिक वालबिकास केन्द्रको अनुगमन गर्न गएको एक टनेलीले बालबिकास केन्द्रको अनुगमन गर्दै गरेको समयमा गाँउबाट करिव २ किलोमिटरको दरी बाट कोरेर ल्याएको पानीको कुलोमा बालबालिकाहरु चेप्टो परेर पानी पिएको पाइएको छ भने गाँउमा रहेको घटाला बालबिकास केन्द्रमा पनि उक्त कुलोको पानी नै पिउने गरेको पाइएको छ । किन यसरी कुवाको पानी पिउनु हुन्छ भनेर पत्रकारले स्थानियलाई सोध्दा गाँउबाट छनौट भएका योजनामा पिउने पानीलाई पहिलो प्राथमिकतामा राख्दा पनि छनौटमा नपरेकोले जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय बाजुरामा कयौँ निबेदन दिदा पनि योजना छनौटको समय बितिसकेकोले केहिगर्न नसकिने भनी फर्काउने गरेकोले आफु कुलोको पानी पिउन बाध्य भएको स्थानिय खड्काले बताएका छन । त्यस्तै बडिमालिका नगरपालिका वडानम्बर ४ मै पर्ने चोयाकोट माद्यामिक बिद्यालयमा पनि चर्पीको सहि सदुपयोग नभएको पाइएको छ । बिद्यालयममा घेरवाडको ब्यबस्था नहुँदा बिद्यालय बन्द भएको समयमा गाइ बाख्रा चराउने र बिद्यालयमा खेल्न आउनेहरुले जथाभावी दिशा गर्ने गरेकोले बिद्यालयमा शौचालयको ढोका खुल्ला राख्नु पर्ने हुँदा स्थानियहरुले शौचालयमा दिशा गरेको बिद्यालयका प्रधानाध्यापक श्याम बहादुर रावलले बताएका छन । बिद्यालयमा प्रयाप्त शौचालय भएता पनि बिद्यालयको लापर्वाहीकै कारण पुरै शौचालयको पिन दिशाले भरिइएको पाइएको छ । सम्बन्धित सरोकारवाला निकायको अनुगमन नभएकैै कारण कतै शौचालयको प्रयोगनै नभएको हो भने कतै भएकै शौचालयको पनि सही सदुपयोग नभएको प्रस्ट भएको पत्रकार राम बहादुर दानीले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण