सगरमाथामा एमालेको झण्डा !
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा एकालेको सूर्य अंकित हँसिया हथौंडा झन्डा फहराइने भएको छ ।
आजको राजधानी दैनिकमा खबर छ–सोलुखुम्बु जिल्ला कमिटी सदस्य लाक्पा गेलु शेर्पा र दउसा गाउँ कमिटीका उपाध्यक्ष कितावसिंह तामाङले नेपालको राष्ट्रिय झन्डासँगै एमालेको सूर्य अंकित झन्डा फहराउने भएका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयेजित एक समारोहमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले सगरमाथाको शिखरमा पहराउने झन्डा हस्तान्तरण गर्दै असफल आरोहणको कामना गरे झन्डा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सगरमाथा क्षेत्रमा कम्तीमा दुई महिना रेस्क्यु टोली राखिने र आरोहीलाई परेको समस्या मन्त्रालयले आवश्यक सहयोग गर्ने बताएका हुन् ।
राष्ट्रिय झन्डासँगै एमालेको झन्डा फहराउने दुई आरोहीबाट शिखर चुमेर आएपछि पार्टीको संगटन निर्माणमा समेत ध्यान दिने उनको भनाई थियो ।