सोही ठाउँका गोविन्द अधिकारी पनि ७५ नाघेका छन् । उनको पुर्खौली थलोको पनि लालपुजा छैन । उनी आफ्रनो पुस्तासम्मले बिना लालपुर्जा बिताए पनि भावी पुस्ता आफ्नो स्वामित्वको जग्गामा बसून् भन्ने चाहन्छन् ।
वर्षौंदेखि स्वामित्व नभएका भेड्पुका अधिकारीजस्ता हजारौं नागरिक भूकम्पपछि घर बनाउन नपाइने हो कि भन्ने चिन्तामा छन् । भूकम्पपछि पुननिर्माण प्राधिकरणको अभियान दोलखाको सिंगटीबाट सुरु भएको छ ।
अधिकांश दोलखाबासी स्थायी आवासको सुविधा प्राप्त गर्ने दोडमा रहँदा भेड्पु गाविस भने चिन्तामा छ । भेड्पुका करिब १ हजार ८०० बासिन्दा लालपूर्जाविहीन छन् ।
प्राधिकरणको नियमावलीको मुख्य प्रावधान लालपुर्जा नै छ । लालपूर्जा नभएपछि आवास निर्माणबाट बञ्चित हुने देखिएकोले उनीहरुमा चिन्ता बढेको हो ।