गृहपृष्ठ » मुख्य समाचार, सूचना प्रविधी, स्वास्थ्यग्वोबल आइएमई बैंक लि. वामी शाखाबाट एटिएम सेवा छिट्टै सञ्चालन हुने,

ग्वोबल आइएमई बैंक लि. वामी शाखाबाट एटिएम सेवा छिट्टै सञ्चालन हुने,

August 10, 2015४७७ पटक

 सहज तरिकाबाट कारोबार हुने भएपनि स्थानीयमा खुशीयाली ।।

अनिश गैरे ।
गुल्मी २५ श्राबण ।।
ग्वोबल आइएमई बैंक लि. वामी शाखाबाट पनि वामीमै पहिलो पटक एटिएम (अटोमेटिक टेलर मेसिन) सेवा सञ्चालन हुने भएको छ ।

यस क्षेत्रका सेवाग्राहीहरुको माग र चाहनालाई मध्यनजर गदै यही श्रावण महिना भित्रै सो सेवा सञ्चालनमा आउने वामी शाखाका प्रबन्धक अम्बु रायमाझीले जानकारी दिनु भयो ।

साथै उँहाले गुल्मीको रिडी देखि बाग्लुङको बुर्तिबाङ सम्मकै स्थानहरुमा यो सेवा कतै नभएको हुदा वामी शाखाबाट एटिएम मार्फत सेवा लिन सर्वसाधारणहरुलाई आग्रह गनुभयो । गुल्मी र बाग्लुङ गरी १ दर्जन गाविस भन्दा बढि गरि ९ हजार सदस्यहरु रहेको वामी शाखामा दैनिक रुपमा १ सय ५० देखि २ सय सम्म सेवाग्राहीहरुले आर्थिक कारोवार गर्ने गरेको समेत शाखा प्रवन्धक रायमाझीले जानकारी दिनु भयो ।

साथै उक्क्त एटिएम सेवा मार्फत विद्युत र नेटको व्यवस्था भएमा २४ घण्टा छिटो,छरितो तरिकाले सेवा लिन सकिने तथा एक पटकमा रु.५ सय देखि ३० हजार सम्म रकम लिन बताईएको छ ।

साथै राष्ट्रिय वाणिज्य, एस.वि.आई लगायत अन्य बैकहरुंको पनि एटिएम सेवा लिन सकिने समेत उहाँले बताउनु भयो । यता एटिएम सेवा वामीटक्सारबाट सूचारु भई कारोबारमा सहजता थपिने भएपछि सेवाग्राहीहरु भने मख्ख परेका छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण