गृहपृष्ठ » बिचार/ब्लग, विशेषमेरा गुरु र गुरुपूर्णिमा

मेरा गुरु र गुरुपूर्णिमा

August 10, 2015४९६ पटक

आशिष क्षेत्री  -:                                                 aashishम सुतिरहेको थिएँ । मोबाइलको घण्टी बज्यो । अनि झस्किएँ, ओ हो उज्यालो नै भएछ कि क्यो हो । सँगै सुतेकी जीवन साथीलाई खोजे अहँ उनी पनि छैनन् । कतिबेला उठेर क्याम्पस गएछिन्, थाहा पाएन । बाहिरतिर मुन्टो फर्काएँ उज्यालो नै भएछ । फेरि मोबाइलमा घण्टी बज्यो मोबाइल हातमा लिएँ । जनअपेक्षा साप्ताहिकका प्रकाशक सुमन के.सी.ले फोन गरेका रहेछन् । फोन उठाएँ सामान्य कुराकानी भयो । उनले भने आशीष सर यसपटकको जनअपेक्षामा कोसँग कुराकानी गर्ने होला अन्तवार्ताका लागि के गरुँ ? हजुरसँग सल्लाह गुरुँ कि भनेर फोन गरेको उनले बताए । मैले उनलाई २ ओटा काराहरु भने जिल्ला स्वास्थ्यबाट सञ्चालन हुँदै आएको टेलिमेडिसिन सेवाको बारेमा डाक्टरसँग कुराकानी गर्न पनि सकिन्छ, जलजला क्याम्पसमा शैक्षिक गुणस्तरका लागि भन्दै जलजला धार्मिक महोत्सवका बारेमा क्याम्पस प्रमुखसँग पनि कुराकानी गर्न सकिने मैले बताएँ । उनले भने यसपटक जलजला धार्मिक महोत्सवकै उचित होला सर त्यसैले के के विषयमा केन्द्रित रहेर कुराकानी गर्ने प्रश्नावली तयारी पारिदिन उनले मलाई अनुरोध गरे । मैले पनि हुन्छ भनें ।
उठेँ, हात मुख धुएँ र कम्प्युटर खोलें कम्प्यूटर खोल्नाबित्तिकै सवैभन्दा पहिले खोल्न मन लाग्ने प्रोग्राममध्येमा पर्छ, फेसवुक । पहिले नै मेलै फेसवुक हेरें फेसवुकका भित्ताहरुमा आफूलाई शिक्षा प्रदान गर्नुहुने गुरुलाई सम्झदै लेखिएका स्टाटसहरु देखें । मलाई पनि एकपछि अर्को गर्दै मलाई शिक्षा प्रदान गर्नुहुने गुरुहरु मेरो वरीपरि घुम्न थाल्नुभयो । कुनैबेला माया गरेर बोलेका शब्दहरु कानमा बज्रिन पुगे भने कुनै वेला फेरि जति सिकाउँदा पनि नसिकेपछि गुरुले गरेका गालीका शब्दहरु कानमा गुनगुनाउन थाले ।
सवैभन्दा पहिले मलाई जन्मदिने मेरो प्राणभन्दा प्यारी मम्मी अनि बाल्यवस्थामै टुहुरो बनाई जिन्दगीका यात्राहरु अगाडि बढाउन सिकाउने मेरो बाबा, बाबाको अन्त्यष्टीपछि जिन्दगीसँग हरेस खाँदा होस् या त कुनै कठिनाई यात्रामा भ¥याङको काम गरिदिने आदरणीय अङकल र मेरो दाइ जिवराजलाई निकै नजिकबाट सम्झें । मलाई क ख सिकाउने फुपू फ्वाजु कृपालसिंह भण्डारी, हजुरबुवा बुद्धिराम भण्डारी, ठूलीआमा रस्मी भण्डारीलगायत मेरो प्राविस्तरसम्मका सबै गुरुहरु पालैपालो आँखा अगाडि घुमिरहनुभयो । त्यसैगरी निम्न माध्यामिक, माध्यामिक तहसम्म पुग्दा लालमणि सर, पिताम्बर सर, दिपबहादुर मामा, केशव सर, खेमराज सर, खडानन्द सर, युवराज सर, हेमराज सर, भट्टराई सर, निर्मल सर, गुरागाई सर, दामोदर सरलगायतका मेरो गुरुहरु पनि मेरा आँखा अगाडि घुमिरहनुभयो ।
मनमा धेरै कुराखेल्न थाल्यो । मनले मान्दै मानेन कति गुरुहरुलाई एस.एम.एस. गरें । कति गुरुहरुलाई फोन नै गरें । मसँग फोन नम्बर नभएका गुरुहरुलाइ आत्मैदेखि सम्झिरहें । स्कुल जीवनमा कक्षा कोठामा हल्ला गर्दा होस् या त बाहिर कतै नराम्रो काम गर्दा चेतावनी दिनुहुने सरहरुसँग अझै डर लागिरहदो रहेछ । उहाँहरुलाई सिधैं फोन गर्न हिम्मत आएन एस.एम.एस गर्दा पनि डराईडराई गर्नुपर्ने अवस्था आयो । हो गुरु भनेको गुरु नै हुँदोरहेछ, मैले स्कुल जीवन छोडेर यहाँ आइपुगेको ८ वर्ष नै भएछ तर अझै पनि केही काम बिराएँ कि भनी त्यही गुरुहरुसँग डराइ राख्नुपर्ने अवस्था आइरहँदोरहेछ । फोनमा कुरा गरेजति सबैले आशिर्वाद दिँदै अगाडि बढ्ने बाटोहरुको योजना बनाई दिनुभयो । मैले एस.एम.एस. गरेका गुरुहरुबाट पनि एस.एम.एस रिपाइल आउन थाल्यो । खेमराज शर्मा सरले यसरी सम्झनुभयो, ‘धन्यवाद तिमीलाई मेरो आशिर्वाद छ । निरन्तर अगाडि बढ्नू, तिम्रा पाइलाहरु । त्यसैगरी अर्को एस.एम.एस. आयो तिम्रा प्रगतिका पाहिला अगाडि बढ्दै जाउन्……. यो देशले सम्बोधन गर्न सक्ने व्यक्ति बन्दै जानू, गुरुपूर्णिमाको शुभअवसरमा मेरो तिमीलाई यही छ, आशिर्वाद ।’ आदरणीय गुरु युवराज सुवेदी सरले एस.एम.एसबाट यसरी आशिर्वाद प्रदान गर्नुभयो । एस.एम.एस.को घण्टीसँगै पुन अर्को एस.एम.एस. यसरी आयो, ‘धन्यवाद तिमीलाई तिम्रा इच्छाहरु पूरा होउन्, अगाडि बढ्दै जानू ।’ मेरा अर्का श्रद्धय गुरु खडानन्द पोख्रेल यसरी एस.एम.एस.बाट व्यक्त गर्नुभयो ।
मेरा गुरु सबैलाई महान् सम्झिरहेको छु । हक्की स्वभावका गुरु केशवराज पोख्रेल अझै उहाँका अगाडि सिधा उभिन, सिधा नजर लगाएर हेर्न सक्ने अवस्थामा छैन । फेसवुकमा जुनेली रोल्पाबाट परिचित मेरो गुरु कहिलेकाहि अनलाइनहरु भेट्दा केही मनमा लागेका कुराहरु व्यक्त गर्न मुस्किलले सकिन्छ । नत्र घोडागाउँ लिबाङ सडक खण्डका यात्राहरुमा कही कतै भेटिए कति बेला उहाँको आँखाबाट फुत्किउझंै लाग्छ । घोडागाउँ श्रोतकेन्द्रको श्रोतव्यक्ति भएकाले शिक्षाको अवस्था शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे बसेर योजनाहरु निर्माण गुरुँझंै लाग्छ तर उहाँसँग यसरी कुरा गर्न सक्ने अस्था मेरो अझै निर्माण भइसकेको छैन । साहित्यलाई अगालेर अगाडि बढ्नु भएका गुरु खेमराज शर्मा कहिले पनि विद्यार्थीसँग रिसाएको अवस्था आउँदैन आफूभित्र जेजस्तो भएता पनि फ्रेस अवस्थामा कक्षाकोठा र कक्षा बाहिर प्रस्तुत हुनुभयो । ठ्याक्कै यसै स्वभावलाई अंगाले र प्रस्तुत हुने अर्का गुरु हुनुहुन्छ, खडानन्द पोख्रेल । कसरी जागिर जोगाऊँ र आजको दिन कसरी विताऊँ भन्ने हजारौँ शिक्षकहरुका अगाडि नमुना प्रस्तुत गर्ने शिक्षकमा हुनुहुन्छ युवराज सुवेदी विद्यालय पुगेको अवस्थामा आफ्नो पूरै घण्टी पढाउने र आफ्नो घण्टी नभएको र अन्य कुनै कक्षा कोठाहरुमा घण्टी खाली भएको अवस्थामा चक डस्टर बोकेर कक्षामा पुग्ने मेरा गुरुमध्ये एक कुशल गुरुमा पर्नुहुन्छ । शिक्षक भएर आफूलाई शिक्षकको घमण्ड कहिल्यै नदेखाउने आफ्ना विद्यार्थीहरुलाई साथी सम्मान व्यवहार गर्ने गुरुमा पर्नुहुन्छ, निर्मल पोख्रेल । आफ्नो घण्टीभरि कक्षा कोठामा बिताए तापनि मध्यान्तरको समय होस् या त स्कुलपछिको समय होस् आफ्ना विद्यालयका स्टाफभन्दा बढी आफ्नै विद्यार्थीहरुसँग समय बिताउन चाहने गुरुमध्येमा हुनुहुन्छ । त्यसैगरी मेरा उच्च शिक्षा प्रदान गर्नुहुने मधुसुधन पोख्रेललगायतका शिक्षकहरु सम्झिरहें ।
टेलिभिजन पत्रकारीता क्षेत्रमा रिपोटिङका लागि अगाडि बढ्न सिकाउने दाइ रोहित के.सी., समाचार सम्पादन होस् या त समाचार तयार पार्न सिकाउनुहुने भाउजू मनिषा श्रेष्ठ, पत्रिका टाइपिङ÷सेटिङ गर्न सिकाउने जिक्रि खेमराज गाउँले, पत्रकारीता क्षेत्रमा अगाडि बढ्न सिकाउने महेश न्यौपाने, टेलिभिजन रिपोटिङका लागि कुन विषय र वस्तुमाथि केन्द्रित भएर रिपोर्ट तयार गर्ने विषयमा जुन सुकै वेलामा पनि सल्लाह सुझाव र अगाडि बढ्ने बाटो देखाइदिनुहुने खेम वुढा र काशीराम डाँगीलाई सम्झिरहें । रेडियो कार्यक्रम उत्पादन तथा रिपोटिङमा हरपल सहयोग र साथ प्रदान गरिरहनु हुने के.वी. डाँगी, काशीराम डाँगी, खेम बुढा, मौसम रोका, अमरजित पुनलगायतका टिमहरु पनि सम्झिन पुगें ।
फेरि झसङ्ग भए सुमनले दिएको जिम्मेवारी पूरा भएकै थिएन । फेसवुक स्टाटस लेखूँ लेखूँ लाग्यो तर सोचे नलेखेकै जाति होला जस्तो महसुस गरे । फेसवुक लगआउट गरें । सुमनले दिएको जिम्मेवारी पूरा गरें । उनलाई मेल गरिदिएँ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण