गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारविदेशमा ज्यान गुमाउने कामदारको परिवारले १७ लाखसम्म पाउने

विदेशमा ज्यान गुमाउने कामदारको परिवारले १७ लाखसम्म पाउने

April 7, 2016२०९ पटक
२०७२ चैत २५ गते  प्रकाशित

२५ चैत, काठमाडाैं । अब वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको परिवारले साढे १७ लाख रुपैयाँसम्म पाउने भएका छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले कामका लागि विदेश जाने कामदारको म्यादी जीवन बीमाको बीमाङ्क १० लाख रुपैयाँ पुर्‍याएपछि क्षतिपूर्ति रकम बढेको हो ।

विदेशमा मृत्यु भएका कामदारको बिमाबापत साढे १४ लाख रुपैयाँ, कल्याणकारी कोषबाट पाइने तीन लाख गरी परिवारले कम्तीमा साढे १७ लाख रकम पाउने भएका हुन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकले यसअघि बीमाङ्क पाँच लाख रहेकामा त्यसलाई वृद्धि गरी १० लाख रुपैयाँ पुर्‍याउने निर्णय भएको हो । बीमाङ्क रकम शतप्रतिशत वृद्धि भए पनि पि्रमियममा ६५ प्रतिशतमात्रै वृद्धि गर्ने निर्णय बैठकले गरेको बोर्डले जनाएको छ ।

आगामी वैशाख १ गतेदेखि यो निर्णय कार्यान्वयनमा ल्याउन बिमा समितिसँग अनुरोध गरिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डले वैदेशिक रोजगारीमा बीमा गराउन बिमा अभिकर्ता आवश्यकता नपर्ने भएकाले बिमा अभिकर्ता रकम नदिने व्यवस्था गर्न बिमा नियमावली २०४९ को अनुसूची ११ संशोधनको प्रक्रिया अगाडि बढाउन बीमा समितिलाई अनुरोध गरेको छ ।

बैठकले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले करार अवधिभन्दा कम्तीमा छ महिना थप समय रहने गरी बिमा गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण