गृहपृष्ठ » शिक्षाजिल्ला स्वास्थ्य कार्यालय प्यूठानले विश्व स्वास्थ्य सेवा दिवस मनायो

जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले विश्व स्वास्थ्य सेवा दिवस मनायो

April 7, 2016१४५ पटक
शशिधर भण्डारी
चैत्र २५,प्यूठान÷जिल्ला स्वाथ्य कार्यालय प्यूठानले विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य सेवा दिवस मनाएको छ । जिल्ला अस्पताल प्यूठानमा रहेका विरामीहरुलाई फलफुल वितरण, ¥याली कार्यक्रम गरी उक्त दिवस मनाएको हो ।
“मधुमेहको रोकथाम गरौँ, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौँ” भन्ने नारा सहित भएको दिवसको अवसर पारी अन्तक्रिया कार्यक्रम समेत गरिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयको सभाहलमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले मधुमेह रोगको समस्या झनझन वढि मात्रामा देखा परिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि दुरदराजका बस्तीमा समेत सचेतना मुलक कार्यक्रम अभियानको थालनी हुन आवश्यक रहेको बताएका छन् । हरेक कृयाकलापहरु सदरमुकाम केन्द्रित हुँदै गरेका कार्यक्रमहरु अव आधारभुत तहसम्म नपु¥याएमा  दिवस, दिवसमा सिमित रहने भन्दै यस विषयमा सबै सरोकार वालाहरुको ध्यान जानु पर्नेमा जोड दिएका छन् ।
मधुमेह रोग उच्च रक्तचाप भएकाहरु, मधुमेहका रोगी बाबुआमा नजिकको नातेदारवाट पनि सर्न सक्ने बंशानुगत रोग पनि भएकाले यसबाट बच्न बिशेष ख्याल गर्ने,शारिरिक ब्यायाम, नियमित स्वास्थ्य परिक्षण,पौष्टिक आहारमा ध्यान दिए बच्न सकिने जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख डा.कृष्णा कुमार शाहले जानकारी दिनु भयो । बढि भोक लाग्ने, बढि पिसाव लाग्ने, बढी प्यास लाग्ने लगायतका लक्षणहरु देखा परे मधुमेह रोग भएको लक्षण हुने भएकाले यी समस्या देखिना साथ स्वास्थ्य परिषण गर्न समेत उहाँले आग्रह गर्नु भयो । जेष्ठ नागरिक,असहाय, एकल, अतिगरिवका लागि निशुल्क स्वास्थ्य परिक्षण हुने समेत डा.शाहले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.कृष्ण शाहको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी भुप बहादुर पुनको प्रमुख आतिथ्यता, निमित्त स्थानिय विकास अधिकारी पुष्प रत्न रञ्जितको विशिष्ट आतिथ्तामा भएको कार्यक्रमको डा. पुस्कल श्रेष्ठले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा जिल्लाको सरकारी तथा गैरकारी कार्यालय, संघसंस्था, राजनितिक दल, तथा स्वास्थ्य कर्मीलगायको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण