गृहपृष्ठ » खेलकुद, मुख्य समाचारपर्वतारोहण क्षेत्रलाई सरकारी हिस्सा कहिले बनाउने सरकार ?

पर्वतारोहण क्षेत्रलाई सरकारी हिस्सा कहिले बनाउने सरकार ?

April 7, 2016१९५ पटक

-संजय पण्डित, कीर्तिमानी विश्व पर्वतारोही
प्रसिद्ध आरोहिले हिमालमाथि विजयी प्राप्त गरेर नेपाललाई संसारमा चिनाएका हुन्छन् । मानौ ओलम्पिक दौडमा नेपाली खेलाडी दौडियो, उसको पेजिसन ३० भित्र पर्न सफल भयो । अब भन्नुहोस् त्यो खेलाडी ओलम्पियन खेलाडी नै होइन किन की उ प्रथम आउन सकेन भन्न मिल्छ ? हो यही दुर्गती छ नेपाली खेलकुदमा ।
सफलता प्राप्त गर्नेलाई मात्र प्रोटेक्सन गरिन्छ । असफलहरुलाई खेलाडीको दर्जा नै दिईदैन । अर्जेन्टिना, ब्राजिल जस्ता ल्याटिन अमेरिकन देशहरु फुटबलका कारणले गर्दा संसारमा प्रशिद्ध छन् ।

केन्या, इथियोपिया जस्ता देशहरु दौडको कारणले गर्दा संसारभर चम्किएका छन् ।

त्यसैगरी विश्वमा सवैभन्दा छिटो बिक्ने समाचार मध्य नेपालका हिमालहरु हुन् । यो पर्वतारोहण क्षेत्रलाई पनि युरोप, अमेरिका, रसिया जस्तै अन्तर्राष्ट्रियस्तरको संघको रुपमा सरकारकै एउटा अभिन्न अंग बनाईयोस भन्ने मेरो भनाइ हो । नेपाली खेलकुदमा लागेर पनि बाच्न सकिन्छ भन्ने भाव हरेक नेपालीको मन र मुटुमा रहनुपर्छ । सरकारले खेलकुद तथा पर्यटन क्षेत्रमा वार्षिक बजेटको १५–१५५ मात्र समावेश गर्न सकियो भने मात्र खेलकुद र पर्यटन क्षेत्रमा आमुल परिवार्तन हुन सक्छ ।

यदी यसो हुन्थ्यो भने संसारको उच्च बिन्दु सगरमाथा देखि ८००० मि। का ७ वटा हिमाल र सयौँ हिम पर्वत भएको देशबाट हरेक वर्ष १० औँ हजार नेपाली युवा विदेशीनु पर्ने अवस्था हुने थिएन ।

एउटा कुरा तपाईलाई निबेदन गरौं तेंन्जिङ्ग शेर्पा, आप्पा शेर्पा जस्ता विश्व प्रसिद्ध आरोहिले नेपाललाई विश्वमा क्रिकेट फुटबल खेलेर चिनाएका होइनन उनीहरुले आफ्नो अद्भुत क्षमताले हिमालमाथि विजयी प्राप्त गरेर चिनाएका हुन् । त्यसैले आरोहण क्षेत्रलाई पनि सरकारले उचित ध्यान दिनुपर्छ । पर्वतारोहण क्षेत्रलाई एउटा सरकारी हिस्सा बनाउनु पर्दछ भन्ने मेरो मान्यता हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण