दोस्रो मुनलाइट फुटवलको उपाधी माउण्टेनले जित्यो
अर्जुन बि. क.
देवदह,२५ चैत/ रुपन्देही माउन्टेन फुटवल युवा क्लब रुपन्देहिले दोस्रो मुनलाइट नकआउट फुटवलको उपाधि जितेको छ। तिलोत्तमा १६ स्थित भुपु सैनिकको खेल मैदानमा बिहिबार भएको फाइनल खेलमा जनज्योती युवा क्लब डिङ्गरनगरलाइ ५-१ गोलको अन्तरले पाखा लगाउँदै माउन्टेनले उपाधि माथि कब्जा जमाएको हो।खेलको शुरुवातिमा जनज्योतिका लागि जर्सि नम्बर १४ का खेलाडी सुरज हमालले गोल गरे पनि अग्रता भने कायम हुन सकेन।चैत ५ गते देखि शुरु प्रतियोगिताको आज समपन्न खेलमा उपाधी चुम्ने माउन्टेन फुटवल कल्वले ५५ हजार नगद शिल्ड र प्रमाणपत्र पुरुस्कार प्राप्त गरेको छ। उपविजेतामा सिमित भएको जनज्योतिले ३० हजार रूपैयाँमा चित्त बुझाएको छ। यसैगरी प्रतियोगिताकै सर्बाधिक गोलकर्ता माउन्टेनका जर्सी नम्बर १७ का खेलाडी रितेश मल्ल घोषित भएका छन्।उनले फाइनल खेलमा तीन गोल गरेका थिए।त्यस्तै जनज्योतिका जोनम मानलिगल भने उत्तकृष्ट खेलाडी घोषित भए। भु. पु. सैनिक तिलोत्तमा १६ ले दोस्रो मुनलाइट नकाउट खुल्ला फुट्वल प्रतियोगिताको आयोजना गरेको हो। चैत
५ गते देखि सुरु खेलमा २० टिमले भाग लिएका थिए।