गृहपृष्ठ » भिडियो, मनोरञ्जनरेखा थापाको रामप्यारी प्रदर्शनमा

रेखा थापाको रामप्यारी प्रदर्शनमा

April 8, 2016४७० पटक

काठमाडौं, चैत २६ – नायिका रेखा थापा आफैंले निर्माण तथा अभिनय गरेको चलचित्र रामप्यारी शुक्रबारदेखि प्रदर्शनमा आएको  छ । रेखा आफैंले शीर्ष भूमिकामा प्रस्तुत भएर आफैंले निर्माण गरेका पछिल्ला दुईवटा चलचित्र काली र हिम्मतवाली सफल भएका थिए । त्यसैले यो चलचित्रबाट पनि निराश हुनु नपर्ने रेखाको अनुमान छ । यो चलचित्रमा रेखा महिला टेम्पु चालकको भूमिकामा देखिएकी छिन् । उनले यो फिल्ममा खलनायकहरुसँग भिड्ने र लड्ने मात्र नभई बाइक उडाउनेसम्मका एक्सन देखाएकी छिन् ।

सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा रेखा सँगै सविन श्रेष्ठ, नायिका आश्मा डिसी र नव नायक आभाष अधिकारीको अभिनय रहेको छ । नव नायक आभाष रेखाका दिदीका छोरा हुन् ।

रामप्यारीको ट्रेलर हेनुहोस :

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण