गृहपृष्ठ » मुख्य समाचार, राजनीतिआन्दोलनमा दबाब भए प्रहरी प्रशासनलाई लखेट्ने चेतावनी

आन्दोलनमा दबाब भए प्रहरी प्रशासनलाई लखेट्ने चेतावनी

August 10, 2015२२० पटक

आन्दोलनमा दबाब भए प्रहरी प्रशासनलाई लखेट्ने चेतावनी

जुम्ला- प्रदेश सीमाङ्कनमा कर्णालीलाई सुदूर पश्चिमसँग गाभिएको विरोधमा भइरहेको आन्दोलनमा दमन गर्न खोज्ने प्रहरी प्रशासनलाई लखट्ने चेतावनी आन्दोलनकारीहरुले दिएका छन्।

jumla 04

jumla 01

कर्णालीलाई राज्यले अर्को अन्याय गरेर पछाडि पार्ने हर्कत गरेको भन्दै आन्दोलनकारीलाई रोक्ने वा छेक्ने हर्कत भए कर्णालीभुमि रणभूमिमा बदलिने चेतावनी दिएका हुन्। पूर्वसभासद् देविलाल थापाले आफ्नो पहिचान र अस्तित्वको लडाइँ भएकाले हजारौको बलिदानी गरेर पनि राज्यविरुद्ध लड्ने बताए।

jumla 02

आन्दोलनका माध्यमबाट जसरी पनि हामी माग पूरा गराउँछौं उनले भने यस्तो अवस्थामा राज्य पक्षबाट घुसपैठ हुने सम्भावना रहेकोले सचेत हुनुपर्नेमा जोड दिए। प्रशासनले हस्तक्षपकारी कार्यक्रम ल्याए टिक्न गाह्रो हुने भनाइ राखे। अहिले सदरमुकाम खलंगाको बीच-बीचमा टायर बालेर विराधे गरिएको छ। बिहानैदेखि हवाइ सेवा बन्द गराइएको छ।
jumla 03
आन्दोलनकारीले जुम्ला बहुमुखी क्याम्पसमा भएको विएड दोस्रो वर्षको परिक्षामा करिकुलम विषयको उत्तर पुस्तिका च्यातेका छन्। यहाँका क्रियाशिल दलहरुले पालैपालो आन्दोलनको अगुवाइ गर्ने भएका छन्।

jumla 06

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण