गृहपृष्ठ » शिक्षाबिद्यालयमा महिनावारीका समयमा किशोरीका समस्या उस्तै

बिद्यालयमा महिनावारीका समयमा किशोरीका समस्या उस्तै

April 8, 2016१२१ पटक

प्यूठान, महिनावारीको समयमा प्यूठानका अधिकासं बिद्यालयहरुमा अध्ययनरत किशोरीहरुमा समस्या देखिने गरेको छ । जिल्लाका सबै बिद्यालयहरुमा उचित शौचालय,महिनावारी भएको सयममा प्रयोगगर्ने शेनेटरी प्याड तथा किशोरी मैत्रि बाताबरण नहुदा समस्या हुने गरेको देखिएको हो । बिद्यालयमा महिनावारी ब्यबस्थापन सम्वन्धी विभिन्न बिद्यालयका महिला शिक्षकहरुलाई दिइएको एक दिने अभिमूखिकरण कार्यक्रममा सहभागि महिला शिक्षिकाहरुलेनै बिद्यालयहरुमा महिनावारीको समयमा किशोरीहरुमा समस्या पर्ने गरेको बताएका छन । कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित प्रायोजित कार्यक्रम अन्र्तगत भिगृ र बिजुवारमा सम्पन्न भएको एक दिने अभिमुखिकरण कार्यक्रमा सहभागिहरुले बिद्यालयहरुमा शौचालयको राम्रो ब्यबस्था नहुदा किशोरीहरु महिनावारीको समयमा समस्यामा पर्ने गरेका बताएका हुन । पछिल्लो बर्षहरुमा सहस्या केहि कमहुदै आएको भएपनि समस्या अझै रहेको उनिहरुको भनाई छ । अभिमुखिरकणमा सहभागि जुम्रीकाँडा, माझकोट, तोरवाङ, धरमपानी, ओखरकोट,स्वर्गद्धारी, बर्जिवाङ, नयागाँउ, गोठिबाङ, र अर्खा गाविसका शिक्षिकाहरुले महिनावारीको समयमा बिद्यालयहरुमा शौचालय,पानी,सेनेटरी प्याड र किशोरी मैत्रि बाताबरण नहुदा समस्या भएको बताएका छन । त्यस्तै अभिमुखिकरणमा प्यूठान नगरपालिकामा रहेका महिला शिक्षकाहरुले पनि पहिलेको तुलनामा समस्याहरु केहि न्यून भएको भएपनि समस्या अझै जारी रहेको बताएका छन । दुई स्थानमा हिजो र आज सम्पन्न भएको कार्यक्रममा ३१ बिद्यालयका ३१ जना शिक्षिकाहरुको सहभागिता रहेको थियो । बिद्यालयका किशोरीहरुलाई महिनावारी कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा अभिमुखिकरण कार्यक्रम भएको सेभ द चिल्ड्रेन स्वास्थ्य परियोजना अधिकृत लिला न्यौपानेले बताउनु भयो । अभिमुखिकरणमा सहभागी शिक्षिकाहरुले सिकेको सीपलाई कार्ययोजना सहित आफ्नो बिद्यालयमा लागुगर्त प्रयास गर्ने बताएका छन । त्यस्तै बिद्यालयमा रहेका किशोरीहरुलाई बिद्यालयमा हुने महिनावारी ब्यबस्थापनका बिषयमा शिक्षिकाहरुले शिक्षा प्रदान गर्ने छन् । अभिमुखिकरणको सहजीकरण कालिका विकास केन्द्रका स्वास्थ्य अधिकृत लक्ष्मी श्रीस, सेभ द चिल्ड्रेन स्वास्थ्य परियोजना अधिकृत लिला न्यौपाने र सहायक अधिकृत तिर्था कर्माचार्यले गर्नुभएको बालिका बिकास केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण