गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसोमलाल सुवेदी मुख्य सचिव नियुक्त

सोमलाल सुवेदी मुख्य सचिव नियुक्त

August 5, 2015५१० पटक

काठमाडौं, साउन २०– सरकारले डा. सोमलाल सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सचिवका रुपमा रहनुभएका सुवेदीलाई मुख्य सचिवको जिम्मेवारी दिइएको सामान्य प्रशासनमन्त्री लालुबाबु पण्डितले जानकारी दिनुभयो ।

मुख्य सचिव लीलामणि पौडेलको कार्यकाल शुक्रबार सकिँदैछ । सुवेदीले शुक्रबारसम्म कायम मुकायमका रुपमा काम गर्नुहुनेछ । उहाँ दोस्रो वरियताको सचिवका रुपमा रहनुभएको थियो ।

२०६८ वैशाख १ गते सचिव पदमा बढुवा भएका हुनुभएका सुवेदी २०३८ सालमा कृषि विकास कार्यालयबाट सरकारी सेवामा प्रवेश गर्नुभएको हो ।
मुख्य सचिवमा जयमुकुन्द खनाल, श्रीधर गौतम, विश्वप्रकाश पण्डितको पनि चर्चा थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण