देवदहमा ५० किलोको एउटै पेडा
टक सुनार
चैत्र २६ । सामान्य एउटा पेडाको तौल कति होला ४० देखि ४५ ग्राम खुबै भए १०० ग्राम ५० किलोको एउटा पेडा भन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविक हो । यही चैत्र ३० गते देवदहको खैरेनीमा हुन लागेको प्रथम देवदह फुड फेस्टिवलमा ५० किलोको एउटै पेडा प्रर्दशन गर्न लागिएको हो । उद्योग ब्यापार संङ्गठन रुपन्देही देवदह शाखाले आयोजना गर्न लागेको फुड फेस्टिवलमा २०७२ मा देवदह क्षेत्रमा दुग्ध उत्पादनमा लागेका कृषकको हौसला बढाउने उद्देश्यले पेडा प्रर्दशन गर्न लागिएको संगठनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
“बाटोमै खाउ बाटोमै रमाउ प्रथम देवदह फुड फेस्टिवल भब्य रुपमा मनाउ” भन्ने मुल नाराका साथ नब बर्षको उपलक्षमा स्थानिय मौलिक परिकारको संरक्षण गर्ने उद्देश्यका साथ फेस्टिबलको आयोजाना गरिएको र यसले देवदह क्षेत्रको पर्यटन प्रर्बद्धनमा सहयोग पुर्याउने बिश्वास लिएको संगठनका अध्यक्ष गोबिन्द ठडराइको भनाई छ । चैत्र ३० गते दिउसो २ बजे देखि नब बर्ष सम्म २०७३ फुड फेस्टिवलमा देवदहलाई रङ्गीन प्लासिटक मुक्त क्षेत्र घोषणा र पेडा उत्पादन क्षेत्र घोषण गर्न लागिएको संगठनका सह–सचिव थानेश्वर लम्सालले जानकारी दिनु भयो ।
सोही दिन क्यालेण्डर बिमोचन गरीने र राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक सास्कृतिक प्रसतुती समेत रहने बताइएको छ । ३० हजार दर्शकले फुड फेस्टिबलको अवलोक गर्ने र बीस लाखको कारोबार गर्ने लक्ष्य राखेको संगठनको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । स्थानिय सतरमा हुने यस्ता कार्यक्रमहरुले सम्बृद्ध राष्ट्र निर्माणमा मद्दत पुर्याउने देखिन्छ ।