गृहपृष्ठ » मुख्य समाचार, समाचारहरुसुनवल नगरलाई वातावरण मैत्री बनाउन चिनी कारखाना बाधक

सुनवल नगरलाई वातावरण मैत्री बनाउन चिनी कारखाना बाधक

April 8, 2016१८८ पटक


गोविन्द घर्ति

चैत्र–२६ । नेपालको पहिलो बाल मैत्री नगरपालिका सुनवल नगरपालिकालाई पूर्ण वातावरण मैत्री नगर बनाउन नगरको विचमा रहेको
सबैभन्दा बढी बाधक रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरअधिकृत माधबप्रसाद ढकालले उक्त कुरा बताउनु भएको हो । नगरका अन्य स्थानमा रहेका सबैक्षेत्रमा पूर्ण वातावरण मैत्री नगरका सबै सुचकहरु पुरागरे पनि सुनवल चिनी कारखाना कै कारण सुनवल नगरलाई पूर्ण वातावरण मैत्री नगर बनाउन नसकिने संकेत देखिएको भन्दै नगरपालिकाले चिन्ता ब्यक्त गरेको छ। त्यसका लागि नगरपालिका क्षेत्रभित्रका र वाहिरका सबै सरोकारवाला निकायहरुको सहयोगको आवश्यकता रहेको सुनवल नगरपालिकाका कार्यकारी अधिकृत माधबप्रसाद ढकालले बताउनु भएको छ। सुनवल नगरलाई पूर्ण वातावरण मैत्री नगरका अलावा नमुना नगर बनाउन सबैको खांचो रहेको बताउदै नगर अधिकृत ढकालले नगरक्षेत्रमा अहिले नै तत्काल गर्नु पर्ने साप्ताहिकहाट बजारको दिर्र्घकालिन ब्यवस्थापन,फोहर ब्यवस्थापन, नगरपालिकाको भवन निमार्ण लगाएतका ५÷६ वटा कामहरु अतिनै गम्भिर तथा चुनौतिपूर्ण खालको रहेको बताउनु भएको छ। नगरपरिषद्ले पारित गरेका तर कार्यान्वयनमा ल्याउन नसकीएका कामहरुको शुरुवात गर्दा निक्कै समस्या आउनेगरेको बताउदै अधिकृत ढकालले अहिलेको हाटबजार विवाद पनि त्यसको एउटा नमुना भएको बताउनुभयो ।file

उहांले नगरपालीकाले आईतबारे साप्ताहिकहाट बजार साबीकबाट अन्यत्र स्थानान्तरण गर्दा पनि स्थानियवासी, स्थानिय राजनितिक दल, ब्यापारि सबैको सहमति र निर्णयको आधारमा स्थानान्त्रण गरीएको भएपनि केहि ब्याक्तिहरुको दोहोरो रोलका कारण समस्या देखिएको बताउनु भयो । पत्रकार सम्मेलन गरी सर्बपक्षिय निर्णयबाट साप्ताहिक हाटबजार स्थानान्तरण गरीएको कार्यकारी अधिकृत माधव प्रसाद ढकालले पत्रकारहरुलाई जानकारी दिनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण