गृहपृष्ठ » मुख्य समाचार, राजनीतिई–रिक्सा व्यवस्थित गरी संचालन गर्नुपर्छ : मन्त्री बोहोरा

ई–रिक्सा व्यवस्थित गरी संचालन गर्नुपर्छ : मन्त्री बोहोरा

April 8, 2016१९५ पटक

गोविन्द घर्ति

देवदह, चैत्र २६ । ई–रिक्सा वातावरणमैत्री भएको कारण व्यवस्थित गरी संचालन गर्नु पर्ने श्रम तथा स्वरोगार मन्त्री दिपक बोहोराले बताउनु भएको छ । उहाले ई–रिक्सालाई व्यवस्थापन गर्न सके स्वदेशमै स्वरोजगार सृजना गर्न सकिने हुदा यातायात व्यवस्था कार्यालयले दर्ता प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो ।

रुपन्देहीको देवदहमा भएको लुम्विनी ई–रिक्सा यातायात व्यवसायी रुपन्देहीको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । मन्त्री बोहोराले यातायात व्यवस्था कार्यालयले ई–रिक्सालाई दर्ता नदिनु गलत भएको भन्दै व्यवस्थित रुपमा संचालन गर्न दर्ता प्रक्रियालाई तत्काल अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । मन्त्री बोहोराले श्रम ऐन संसदमा विचारधिन रहेकोले श्रमिक ऐन कार्यान्वयनमा आए श्रमिकहरुको सुरक्षा ग्यारेन्टी हुनेमा जो दिनु भयो । प्रधानमन्त्री ओलीको चिन भ्रमणको अवसरमा भएका पारवहन सम्झौताहरु कार्यान्वयन गर्न सके विकासले फड्को मार्न सक्ने बताउनु भयो ।

e rikshaw लुम्विनी ई–रिक्सा यातायात व्यवसायी संघका अध्यक्ष केशव रानाको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपि प्रकाश अधिकारी, यातायात व्यवस्था कार्यालय बुटवलका देवीराम भण्डारी, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, उद्यमशिल यातायात व्यवसायी महासंघका मोहन भूषाल, देवदह नगर विकासका अध्यक्ष दिल्लीराज मरासिनी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही अवसरमा संघलाई सहयोग गरेको भन्दै पत्रकार टोपराज शर्मा, विनोद परियार, दामोदर खनाल तथा  विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा संघका महासचिव प्रेम थापाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण