दाङमा बलात्कार गर्ने र हेर्ने तिन जना परे प्रहरीको फन्दामा
उज्यालो सँबाददाता २७ चैत दाङ
देउखुरीमा एक किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जना र बलात्कार गरीरहेको हेर्ने अर्का एक जना सहित ३ जना प्रहरीको फन्दामा परेका छन । उनिहरु शुक्रबार पक्राउ परेका हुन।
लमही नगरपालीका स्थित सितलापुरको जंगलमा एक १७ बर्षिय किशोरीलाई वलत्कार गरेको अभियोगमा वडा प्रहरी कार्यालय लमहीले सिसहनिया–७ लठ्ठहवा निवासी १९ बर्षिय गोविन्द भण्डारी, सोही ठाउँ निवासी २१ बर्षिय वृहस्पती पोख्रेललाई हिजो शुक्रबार पक्राउ गरेको हो ।
साथै अर्का एक बलात्कारमा संलग्न ब्यक्तिहरुको संरक्षण गर्ने प्यूठान तुसारा–७ निवासी ३६ बर्षिय कृष्ण भण्डारीलाई पनि पक्राउ गरेर कारवाही प्रकृया अघि वढाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिए ।
सुन्डवरीवाट–सितलापुर जाँदैगरेकी ति किशोरीलाई सितलापुर बाट सुन्डवरी फर्कदै गरेका यूवाहरुले हिजो शुक्रबार वाटोमै छेकेर वलत्कार गरेको वताइएको छ ।
पक्राउ परेका ब्यक्तिहरुलाई जवरजस्तीकरणी सम्वन्धी मुद्धा दर्ता गरेर कारवाही अघि वढाइएको छ । केही दिन पहिले देउखुरीमा एक वालीकालाई वलत्कार गरेको अभियोगमा एक १५ बर्षिय वालकलाई प्रहरीले पक्राउ गरेको थियो ।