गृहपृष्ठ » समचारअर्घाखांचिको ढिकुरामा गोलि लागेर एक जनाको मृत्यु

अर्घाखांचिको ढिकुरामा गोलि लागेर एक जनाको मृत्यु

April 9, 2016६५ पटक

उज्यालो संवाददाता
अर्घाखाँची २७ चैत । अर्घाखाँचीको ढिकुरा गाविसमा गए राती भरुवा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ ।
ढिकुरा गाविस वाड न. ७ चरेपानीमा भरुवा बन्दुकको गोली लागेर स्थानीय १८ बर्षिय केस बहादुर तंगनामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नव रत्न पौडेलले बताउनु भयो ।
स्थानीय अन्दाजी ३५ बर्षिय डेम बहादुर गुरुंगले बोकेको बन्दुकको गोली लागेर घटनास्थलमै मगरको ज्यान गएको हो । बन्दुक चलाउने गुरुंग का सबै परिवार फरार रहेका छन ।
घटना घटेको थाहा पाए लगत्तै रातीनै जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रनाउ पौडेलको नेतृत्वमा टोली घटनास्थलमा पुगि अनुसन्धान र खोजी कार्य गरिरहेको छ ।
फरार रहेका गुरुंग सपरिवारको खोजी भै रहेको र घटना कसरि भयो भन्ने वारेमा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण