वामी गाबिसका किसानहरु बाँदरको आतङ्कले हैरान भएका छन्। गाबिसका काफ्टोला, दाल्का, सुदि, लगायतका स्थानमा केही दिनदेखि बाली नोक्सान गर्ने बाँदरको आतङ्कबाट किसानहरु हैरान भएका हुन् ।
बाँदरले खेतबारीको बालीमात्र नभई घरआगनमा राखिएका मकैसमेत झारेर नोक्सान पार्ने गरेको वामी काफ्टोलीका कृषक कल्पना घिमिरेले गुनासो गर्नुभयो ।
बाँदर आतंकका कारण कृषकहरू चिन्तित
अनिश गैरे/उज्यालो वामी गुल्मी श्राबण २५ गते गते ।।

बिगत केही दिनदेखि बढेको बाँदर आतङ्कले सबैभन्दा बढी नोक्सान मकैबालीमा गरेको किसानले बताएका छन् । यस्तै बारीमा लगाईएका बिभिन्न फलफुल तथा तरकारीहरुमा पनि बाँदरहरुले क्षती पुर्याएका छन । बाँदरले खेतबारीका खान हुने भएका मकै खाने तथा मकै नभएका बोटसमेत उखेलेर सोत्तर बनाउने गरेको सोही स्थानका कृषक तेजेन्द्र जिसिको भनाई रहेको छ ।
पछिल्ला दिनमा बढेको बाँदर आतङ्कले महिला र साना नानीहरूलाई खेतबारीमा जानसमेत समस्या भएको छ। बाली नोक्सान गरिरहेका बाँदर हाहु गरेर लघार्न खोज्दा आफैमाथि झम्टिने गरेको स्थानीय बिबेक काफ्लेले बताउनुभयो । त्यस्तै गरी मकैमा सारो तथा भालुको समेत आक्रमण हुने गरेको छ ।
यता बुद्धिजिबिहरुले वनमा आहारा नभएपछि बाँदर गाउघर पस्न लागेको बताएका छन् ।
यसैबिच बर्षा लागेपनि पर्याप्त पानी नपर्दा समेत किसानहरु चिन्तित बनेका छन । पर्याप्त पानी नहुँदा खेतमा ब्याड राख्न तथा रोपाईगर्न समेत समस्या भएको छ ।