दुवै आखा गुमाएकी रुमा परियारको उपचार हुने : काठमाडौ लगिदै
२७, चैत काठमाडौ , स्याङ्जा बाहकोट निवासी दुबै आँखा गुमाएर निकै नै पिडादायी , कष्ट जीवन जिउन बाद्य भएकी परियार घरको गरिबी र आर्थिक अबस्थाको कारण आखाको सल्यक्रिया पछि आँखा देख्न सक्ने डा.ले बताए पनि पैसा कै कारण उपचार हुन सकेको थिएन । स्याङ्जा बाहकोट वडा.७ मा पहाडको खोचमा सानो झुप्रोमा बिगत ७ बर्ष देखि आखाको ज्योति गुमाएर बाचिरहेकी छिन।
दलित अधिकारकर्मी सरु सुनारको साथमा रुमा परियार
५ सन्तानकि आमा रुमा परियार ४० बर्ष हुनु भएको छ श्रीमान कुटोकोदालो र ज्याला मजदुरी गरि बिहान बेलुकाको गुजारा चलेको छ भने सम्पतीको नाममा बस्नी सानो कटेरो बाहेक केही छैन। आफ्नै जिल्ला , गाउँ निवासी अनुप नेपाली रोजगारको शिलशिलामा कार्यरत हुनुहुन्छ वहाँको सक्रिय पहलमा उपचारको लागि पहल र अभियान नै गरे पछि साउदै , कतार , दुबै, मलेसिया , इजरायल र नेपाल लगाएत विभिन्न देशबाट सहयोगि मनहरु जुटेका छन साउदी अरबमै कार्यरत सोही गाउ निवासी नवीन परियार , आनन्द परियार समेत जुट्नु भएको छ भने ,इजरायलबाट सरिन तामाङले पनि सहयोगको लागि पर्नु भएको छ। चैत २६ गते महिला अधिकार कर्मी सरु सुनार परियारलाई उपचार गर्न काठमाडौ ल्याउनको लागि वहाँको आफ्नै निवास स्याङ्जा बाहकोट पुग्नु भएको छ ।
गाउँ समाज सबैको भब्य स्वागत सहित एक दलितहरुको बिशेष भेला आयोजना त्यही गाउमा आयोजना गरिएको र भेलालाई सम्बोधन गरि सरु सुनारले दलित र त्यसै माथी दलित महिलाहरुको अवस्था र पीडा हरेक ठाउँ भएको हुँदा अब दलित महिलाहरु आफैले गाउँ -गाउँमा हरेक उत्पिडन , बिभेद्को लागि खुलेर आवज उठाएर एक हुनको लागि आग्रह र संविधान र महिलाका अधिकार समेत प्रकाश पारी रुमा परियार र वहाँका श्रीमान कमल परियारलाई उपचारको लागि काठमाडौ आफैले ल्याउदै गरेको र काठमाडौ तिलगंगा हस्पिटलमा बिरामीलाई लैजाने समेत जानकारी दिनु भयो ।