गृहपृष्ठ » मनोरञ्जनप्यूठान तारा हेर्न हजारौं ओइरिने

प्यूठान तारा हेर्न हजारौं ओइरिने

April 9, 2016१६४ पटक

उज्यालो सँबाददाता २७ चैत प्यूठान, नव प्रतिभाको खोजी गर्न रेडियो लिस्ने आवाजको अगुवाइमा चलिरहेको प्यूठानी तारा घोषणा तथा सिजन ३ समापन कार्यक्रम आउदो वैशाख ४ गते स्वर्गद्धारी क्याम्पस पुण्यखोला हुने भएको छ । गायन, नृत्य र साहित्य गरि तीन बिधामा एक एक जना प्युठानी तारा घोषणा गर्ने गरि कार्यक्रम सुरु गरिएको हो। गायन र नृत्य तर्फ प्रथमलाई ५० हजार, दोस्रोलाइ २० हजार र तृत्यलाइतृत्यलाइ १० हजार रुपैयां नगद सहित प्रमाणपत्र अवार्ड र गिफ्ट प्रदान गरिने जनाइएको छ।
त्यस्तै साहित्य तर्फ प्रथमलाइ १० हजार, द्धितियलाइ ५ हजार र तृतियलाइ तीन हजार रुपैया नगद सहित अवार्ड प्रमाणपत्र र गिफ्ट प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

कला संस्कृति र प्रतिभाको सम्मान पर्यटन पर्वद्धनमा हाम्रो अभियान भन्ने नाराका साथ नृत्य, गायन र साहित्य पर्यटन तारा घोषणा कार्यक्रमको प्रमुख आतिथ्यता सामान्य प्रशासन मन्त्री रेखा शर्माले गर्नु हुने आयोजक समितिका संयोजक नोमराज पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार करिब २० हजार जनसमुदायको सहभागिता रहने सो कार्यक्रममा उत्कृष्ट टप ५ बाट प्रतिस्पर्धा गराई तारा छनोट गरिने छ । त्यस्तै राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुत, जिल्लाका विभिन्न क्षेत्रबाट योगदान पु¥याउने व्यक्तित्वहरुको सम्मान, अभिन्नदन, पुरस्कार वितरण, प्रायोजकहरुलाई प्रशंसा वितरण र विशेष अतिथिहरुबाट मन्तव्य लगायतका कार्यक्रम गरिने स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण