गृहपृष्ठ » मुख्य समाचारकपिलवस्तुमा आगलागी हुंदा ३ घर जले, २५ लाख क्षती

कपिलवस्तुमा आगलागी हुंदा ३ घर जले, २५ लाख क्षती

April 10, 2016३४० पटक

६ सय विघा खेतको गहुं पनि खरानी   ।।
राघेन्द्र चौबे,२८ चैत कपिलवस्तु
जिल्लाको अभिराव गा.वि.स. स्थित वार्ड नं. ५ मा शनिवार  आगलागी हुंदा  ६ सय विघा खेतमा रहेको गहुँ  जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागी बाट अभिराव १ अभिरावमा ३ घर समेत जलेर खरानी भएका छन । आगलागीबाट २५ लाख भन्दा बढिको क्षती भएको हुन सक्ने अनुमान गरिएको छ। भरवालीयमा रहेको विस्मील्ला मुसालमान ( अब्दुलखाली )को भुसी ईटा भट्टा बाट शुरु भएको आगो  भट्टा नाजिकै रहेको ६ सय विघा गहुँ खेतीमा सल्किएको स्थानियले बताएका छन । खेतमा काटेर घर भित्राउने तयारिमा राखिएको गहुंमा आगलागी हुंदा किसानले  ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ।
गहुँ खेतीमा लागेको आगो अभिराव-१ अभिराव गाँउ सम्म फैलिएको हो । सोही आगलागिबाट अभिराँव गाउँका अमेरिका पासी, गुरुदायाल पासी र सुरेश लोहारको घर जलेर नष्ट भएको कपिलबस्तु प्रहरिले बताएको छ । आगलागीले धनमाल र बस्ने बाँस समेत खरानी भएपछी पिडितहरु खुला आकाश मुनि बस्न बाध्य भएका छन्। आगलागी बाट अमेरिका पासीको २ लाख गुरुदयाल पासीको २ लाख र सुरेश यादवको १ लाख ५० हाजार बराबरको क्षति भएको स्थानियले बताए । शसस्त्र प्रहरी सिमा बल डुमरा, ईलाका प्रहारी कार्यलय पाकडी र स्थानिय वासीको संयुक्त टोलिले आगो नियान्त्रणमा लिएका  थिए । आगो ईटा भट्टाबाट लागेको भन्दै स्थानिय सई मोहम्मद मुसालमान, हरिचन्द्र यादव र सन्तराम पासीले  इटाभट्टाको बिरुद्ध जिल्ला प्रहरी कार्यलयमा उजुरी दिने तयारी गरेको स्थानियहरुले बताएका हुनl

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण