गृहपृष्ठ » साहित्यअपराजयले रोल्पामा सुनाए कविताहरू

अपराजयले रोल्पामा सुनाए कविताहरू

April 10, 2016२०८ पटक
रोल्पा, चैत्र २८ / कवि एवम् राजनीतिज्ञ वीरबहादुर केसी ‘अपराजय’ले शनिबार रोल्पामा कविताहरू सुनाएका छन् । लिबाङस्थित वाचनालयमा ललित साहित्य परिषद्, रोल्पाले आयोजना गरेको एकल रचना वाचनको २३ औं श्रृंखलामा अपराजयले आफ्ना १४ वटा कविताहरु सुनाए ।
सशस्त्र द्वन्द्वको समयमा आफ्नी जीवन साथी गुमाएको अपराजयले कविता वाचनको सुरुवातमा पनि जीवनसाथीलाई सम्झदै कविता वाचन सुरु गरे, ‘सहिद पंक्तिमा कमरेड गंगा’ शीर्षकबाट । उनले पहिलो चरणमा ५ वटा कविता वाचन गरे भने दोस्रो चरणमा ९ वटा कविताहरु वाचन गरेका थिए ।
उनले ‘बुच्चरको भाषाशैली प्रयोग गरे’, ‘भूकम्पको पीडा’, ‘तिमी मान या नमान’, ‘सोच्ने बेला आएन र’, ‘फर्केर हेर तिम्रा हर्कतहरु’, ‘मेरो यात्रा जारी रहनेछ’, ‘यही हो नेपाली जनताको अपेक्षा’, ‘मेरो वर्तमानलाई बिथोल्न नखोज’, ‘आफ्ना प्रतिबद्धता बिर्सेछ’, ‘चेलीको अस्मिता लुट्नेहरु’, ‘प्रतिक्रान्ति रोक्ने मान्छे’, ‘फूलपाती र अक्षताको पूजा’ जस्ता शीर्षकका कविताहरु सुनाएका थिए ।
कार्यक्रममा नवीन लोचनमगरले एकल रचना वाचक अपराजयको व्यक्तिमाथि बोलेका थिए । त्यस्तै कार्यक्रममा चाङ चिरागले वाचित कविताहरुको समीक्षा गरेका थिए । अपराजयका वाचित रचनाहरु वर्गीय प्रेम, सुन्दर चाहना, समाज परिवर्तनको भाव रहेको बताए । समग्र कार्यक्रमको समीक्षा कवि पुरण क्षेत्रीले गरेका थिए । २०६३ सालमा ‘राता फूलहरु’ कवितासंग्रह प्रकाशन गरेको अपराजले अर्को कवितासंग्रहको तयारी भइरहेको बताए ।
परिषद्को अध्यक्ष ओम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव खेमराज गाउँलेले गरेका थिए । एकल रचना वाचन कार्यक्रमको रेडियो जलजलाबाट प्रत्यक्ष प्रसारण समेत गरिएको आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण