गृहपृष्ठ » राजनीतिबैठकमा झन्डा र ब्यानर नराख्दा एमालेमा बिवाद

बैठकमा झन्डा र ब्यानर नराख्दा एमालेमा बिवाद

April 10, 2016७९ पटक
काठमाडौं, चैत २८ । कम्युनिस्ट पार्टीको झन्डा र ब्यानर नराखी केन्द्रीय समितिको बैठक सञ्चालन गरिएको विषयमा एमालेमा बिवाद उत्पन्न भएको छ ।

पार्टीको शनिबार सुरु भएको बैठकमा केन्द्रीय सदस्य ठाकुर गैरेले कम्युनिष्ट पार्टीको बैठकमा व्यानर र झन्डा नहुनु आश्चर्य भएको भन्दै प्रश्न उठाएका अाजको अन्नपूर्णमा समाचार छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठककक्षमा नेपालको राष्ट्रिय झन्डामात्र राखिएको थियो । ‘राष्ट्रिय झन्डा हुनु ठिक हो, तर कम्युनिष्ट पार्टीको बैठकमा पार्टीको झन्डा र व्यानर नराख्ने चलन कहिलेदेखि सुरु भयो ? गैरेलाई उदृत गर्दै स्रातले भन्यो ।

उनको भनाइमा अधिकांश केन्द्रीय सदस्यहरुले सहमति जनाएका थिए । महासचिव इश्वर पोखरेलले प्राविधिक कारणले झन्डा र ब्यानर छुटेको भन्दै केहीबेरपछि राख्न लगाएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण