गृहपृष्ठ » खेलकुदलगातार ६ सिजन ३० गोल गर्ने रोनाल्डो पहिलो खेलाडी

लगातार ६ सिजन ३० गोल गर्ने रोनाल्डो पहिलो खेलाडी

April 10, 2016१४५ पटक

एजेन्सी काठमाडौं, चैत २८

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो लगातार ६ सिजन ३० गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
गएराति इबरविरुद्धको खेलमा रियल मड्रिड ४–० गोल अन्तरले विजयी हुँदा रोनाल्डोले एक गोल गरेका थिए। त्यही गोलपछि रोनाल्डोले यो सिजनमात्रै ला लिगामा गोल संख्या ३० पुर्याएनन् मात्र उनले लगातार युरोपियन लिगमा ६ सिजन ३० गोल गर्ने पहिलो खेलाडीसमेत बने।
 
बार्सिलोनाका लियोनल मेसीले लगातार चार सिजनमात्रै ला लिगामा ३० गोल भन्दा बढी गोल गर्न सफल भएका छन्। म्यानचेस्टर युनाइटेडबाट सन् २०१० मा रियल मड्रिडमा आबद्ध भएका रोनाल्डोले ला लिगामा लगातार ६ सिजन ३० गोल भन्दा बढी गोल गर्दै आएका छन्।
रोनाल्डोले रियल मड्रिडमा आबद्ध भएकै वर्ष ला लिगामा ४० गोल गरेका थिए। यस्तै दोस्रो सिजन ४६, तेस्रो सिजनमा ३४, चौथोमा ३१ र पाँचौ सिजनमा ४८ गोल गर्न सफल भएका थिए।
यो सिजनमा ला लिगामामात्रै रोनाल्डोले ३२ खेलमा ३० गोल गर्न सफल भएका छन्।  ला लिगामा यो सिजनमा पनि रोनाल्डो गोलकर्ताको शीर्ष स्थानमै छन्। उनीपछि बार्सिलोनाका लुइस स्वारेज छन् उनले यो सिजन २६ गोल गरेका छन्। तेस्रोमा रहेका मेसीको २२ गोल छ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण