गृहपृष्ठ » पत्रपत्रीकाओलीले प्रतिवेदन सच्याएपछि….

ओलीले प्रतिवेदन सच्याएपछि….

April 10, 2016९९ पटक
आइतबार, चैत्र २८, २०७२

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पोलिटब्युरो बैठकको राजनीतिक प्रतिवेदनलाई सच्याएर मात्रै केन्द्रीय कमिटि बैठकमा पेस गरेपछि एमालेभित्रको बहस तत्कालका लागि थामथुम भएको छ । पोलिटब्युरो बैठकमा माधव नेपाल पक्षले विरोध जनाएपछि अध्यक्ष ओली त्यसलाई परिमार्जन गर्न बाध्य भएका हुन् ।

ओलीले सच्याएर प्रतिवेदनमा ‘२०६२-६३ को जनआन्दोलनपछि पुँजीवादी जनवादी क्रान्तिका आधारभूत अभिभारा पूरा भएको, यसै वर्ष जारी भएको संविधानले त्यसलाई संस्थागत गरेको’ उल्लेख गरेका छन् । संविधान जारी भएपछि बसेको पहिलो केन्द्रीय कमिटि बैठकमा शनिबार राजनीतिक प्रतिवेदन पेस गर्दै उनले त्यो परिवर्तनका हिस्सेदार वाम–लोकतान्त्रिक दलहरुलाई धन्यवादसमेत दिएका छन् ।

यसअघि चैत २३ गतेदेखि सुरु पोलिटब्युरो बैठकमा ओलीले अहिलेको भन्दा फरक ‘संविधान निनर्माणपछि पुँजीवादी जनवादी क्रान्तिको मुख्य कार्यभार पूरा भएको’ दस्तावेज पेस गरेका थिए । नेता नेपाल पक्षले नवौं महाधिवेशनको स्पिरिटसँग ओली–दस्तावेज बाझिएको भन्दै विरोध गरेपछि दुई दिनभित्र सक्ने भनिएको पोलिटब्युरो बैठक लम्बिएको थियो । आजको कान्तिपुर दैनिकबाट ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण