गृहपृष्ठ » पत्रपत्रीकाश्रीमानलाई ऋणको भारी बोकाएर अर्कैसँग भाग्दा पक्राउ

श्रीमानलाई ऋणको भारी बोकाएर अर्कैसँग भाग्दा पक्राउ

April 10, 2016७६ पटक
२०७२ चैत २८ गते  प्रकाशित

२८ चैत, काठमाडों । श्रीमान् विदेशमा रहेको समयमा सहकारी र व्यक्तिबाट ऋण लिएर अर्कै पुरुषसँग भागने खोटाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

ऋण लिएर अर्कै पुरुषसँग भागेकी दिक्तेल नगरपालिका  ८ की ३५ वर्षीया सुजाता राईलाई प्रहरीले पक्राउ गरेको आजको नागरिक दैनिकमा समाचार छ ।  उनका श्रीमान् रोजगारीका सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन् ।

महुली सहकारी संस्था , डिप्रोस सहकारी संस्था र गाउँका स्थानीयसँग ऋण लिएर उनी चैत १७ गते दोस्रो बिबाह गरेर भागेकी थिइन । उनलाई उदयवुरको कटारी बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रजित राईसँग विहै गरेर भागेको जानकारी पाएलगत्तै सुजाताविरुद्ध प्रहरीमा उजुरी परेको थियो । सुजाताले श्रीमान्ले विदेशबाट पठाएको रकम समेत लिएर भागेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण