गृहपृष्ठ » सूचना प्रविधीचितवनमा अनलाईनबाटै घरजग्गा रजिस्ट्रेशन सुरु

चितवनमा अनलाईनबाटै घरजग्गा रजिस्ट्रेशन सुरु

April 10, 2016१७३ पटक

चितवन, चैत २८ – जिल्ला मालपोत कार्यालय चितवनले अनलाईनबाट घर तथा जग्गा रजिस्ट्रेशन सेवा सुरु गरेको छ । आइतबारदेखि अनलाईन प्राणलीबाटै नामसारी, राजिनामा, जग्गा रजिस्ट्रेशन, दाखिला, खारिज, संशोधन, मोही कट्टा, गुठी जग्गा दर्तासहितका काम सुरु भएको मालपोत कार्यालय चितवनका प्रमुख टंकनाथ उपाध्यायले जानकारी दिनुभयो ।

भूमि सुधार तथा व्यवस्थापन विभागको भू–अभिलेख सूचना व्यवस्थापन प्राणली आयोजना अन्र्तगत जिल्ला मालपोत कार्यालय चितवनले ७ औं नम्बरमा आइतबारदेखि अनलाईनबाट घर तथा जग्गा रजिस्ट्रेशन सेवा सुरु गरेको विभागका सूचना प्रविधि निर्देशक श्रीचन्द्र शाहले बताउनुभयो ।

अनलाईन सेवाले सेवाग्राहीलाई विचौलिया र झन्झटवाट मुक्ती मिल्ने शाहले बताउनुभयो । विभागले देशका विभिन्न  १४ वटा मालपोत कार्यालयमा अनलाईन सेवा चलाएको जानकारी दिँदै शाहले आउँदो दुई वर्ष भित्र देशका सबै मालपोत कार्यालयमा यो सेवा बिस्तार गर्ने लक्ष्य राखेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण