गृहपृष्ठ » समचारजंगलमा आगो लाग्दा गोठालो गएका एक बालकको मृत्यु, ३ जना घाइते

जंगलमा आगो लाग्दा गोठालो गएका एक बालकको मृत्यु, ३ जना घाइते

April 10, 2016६७ पटक

अछाम, चैत २८ – अछामको मार्कुमा जंगलमा आगालागी हुँदा एक बालकको जलेर ज्यान गएको छ । मार्कु–८ का ६ वर्षका बालक नगेन्द्र बोगटीको जलेर ज्यान गएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा बयलपाटा अस्पतालमा ज्यान गएको हो ।

आगलागीमा परि अन्य तीन बालबालिका गम्भीर घाइते रहेका छन । शनिबार दिउँसो गाउँ नजिकैको छडीखोला जंगलमा चार जना बालबालिका गोठालो गएका बेला आगलागी हुँदा बालबालिका जलेर गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा मार्कु–८ का १२ वर्षका कमल बोगटी, ८ वर्षका हेमन्त बोगटी र ११ वर्षकी उर्मीला बोगटी रहेका बयालपाटा अस्पतालका सञ्चार शाखा प्रमुख आयुष निरौलाले बताउनुभयो । ज्यान गएका बालक नगेन्द्रको शरीरको पूरै भाग जलेको उपचारमा संलग्न डा. सन्तोष ढुंगानाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण