गृहपृष्ठ » समचारअर्घाखाँची गोलीकाण्ड गोली हानेर फरार भएका अभियुक्त पक्राउ

अर्घाखाँची गोलीकाण्ड गोली हानेर फरार भएका अभियुक्त पक्राउ

April 10, 2016६९ पटक

अर्घाखाँची, चैत २८ – अर्घाखाँचीको ढिकुरामा गोली लागेर एक जनाको ज्यान गएपछि फरार भएका अभियुक्त पक्राउ परेका छन् ।
ढिकुरा–७ चरेपानीमा भरुवा बन्दुकको गोली लागेर १८ वर्षका केसबहादुर तंगनामी मगरको ज्यान गएपछि फरार भएका गोली चलाउने डेमबहादुर गुरुङ शनिबार राति पक्राउ परेका हुन् ।
गुरुङलाई जलुकेबाट पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नव रत्न पौडेलले बताउनुभयो । शुक्रबार राति गुरुङले चलाएको गोली लागेर तंगानामीको ज्यान गएको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण