गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकाँग्रेस नेता तथा सभासद प्रधानको निधन

काँग्रेस नेता तथा सभासद प्रधानको निधन

August 5, 2015४९१ पटक

नेपाली कांग्रेसका नेता तथा पुर्वसंसद सुर्यप्रसाद प्रधानको निधन भएकोछ । आज विहान बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उहांको निधन भएको हो ।
उहांको निधनको खवर पाए लगत्तै अहिले बुटवलको लुम्बिनी अञ्चल
अस्पतालका नेता कार्यकर्ता तथा बुटवलबासीको ठुलो संख्यामा भिड लागेको छ ।
पार्टी र समाजिक क्षेत्रका हरेक क्रियाकलापमा सक्रिय रहनु हुने प्रधानको जन्म
१९९७ असोज १३ गते पर्वतको पांङमा भएको थियो ।
उहाँ २०५६ सालमा रुपन्देही क्षेत्र नं. ३ बाट साँसदमा निर्वाचित हुनु भएको थियो।
बुटवल नगरपालिकाका पुर्वमेयर समेत रहनु भएका प्रधान बुटवल क्षेत्रका दर्जनौ संघ संस्थाको संस्थापक समेत हुनुहुन्थ्यो ।
उहाँले गएको २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ मा काँग्रेसको तर्फबाट उमेदवार हुदाँ एमालेका विष्णु पौडेलसंग पराजित हुनु भएको थियो भने एमाओवादीका डा. वावुराम भट्टराईले भन्दा बढी भोट ल्याउनु भएको थियो ।
यसैबिच—पार्टीका नेता सर्य प्रसाद प्रधानको निधन प्रति नेपाली कांग्रेस
रुपन्देहीले गहिरो दुख व्यक्त गर्दै तिन दिनसम्म पार्टीको झण्डा झुकाउने
भएको छ ।
पार्टी सभापति अब्दुल रज्जाकले एक विज्ञप्ती प्रकाशित गर्र्दै तिन
दिनसम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने उल्लेख गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण