गृहपृष्ठ » खेलकुदपोखरा कप फुटबल मंगलबारदेखि

पोखरा कप फुटबल मंगलबारदेखि

April 10, 2016१५९ पटक

२८ चैत, पोखरा । मंगलबार देखि सुरु हुने पोखरा कप फुटवलको अन्तिम तयामरी पूरा भएको छ । प्रतियोगिता पोखरा रंगशालामा हुनेछ ।

मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका ११ फुटबल टिम र भारतको युनाइटेड फुटबल टिमले भाग लिनेछन् ।

प्रतियोगितामा भारतको दिल्ली युनाईटेड, नेपालका मनाङमस्र्याङ्दी क्लव, थ्री स्टार क्लव, सरस्वती क्लव, विभागिय टिमहरु नेपाल पुलिस क्लव, नेपाल आर्मी र सशस्त्र प्रहरी वलको एपिएफ क्लव, मोफसलको चर्चीत क्लव रमपम झापा ११, रुपन्देही ११, धरान फुटवल क्लव, सिमरा ११ र आयोजक पोखरा ११ ले सहभागिता जनाउने कास्की जिल्ला फुटवल संघले जनाएको छ ।

कास्की जिल्ला फूटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगिताको विजेताले पाँचलाख पाँच हजार ५५५ र उपबिजेताले दुई लाख ५५ हजार ५५५ पुरस्कार पाउने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए ।

विजेता टिमलाई अघिल्लो वर्ष भन्दा यसवर्ष रु एक लाख ५० हजार पुरस्कार राशि वृद्धि गरिएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल पनि पाउनेछन् ।

प्रतियोगिता बैशाख ११ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण