गृहपृष्ठ » शिक्षाप्यूठानका १ सय ४५ जनामा एचआईभी संक्रमण

प्यूठानका १ सय ४५ जनामा एचआईभी संक्रमण

April 10, 2016१२० पटक
 
प्युठान, चैत्र २८ / प्यूठानमा एचआईभी÷एड्सबाट संक्रमितहरुको संङख्या १ सय ४५ पुगेको छ । फागुन महिनाको मसान्त सम्म एचआईभीबाट सक्रमित हुनेहरुको सख्या एक सय ४५ पुगेको जिल्ला जनस्वास्थय कार्यालयले बताएको छ । जसमध्य ६१ जना महिला, ५८ जना पुरुष र ६ जना बालबालिका रहेका छन ।
संक्रमित बालबालिका मध्ये २ जनालाई काठमाण्डौँमा संरक्षणका लागि पठाइएको जनस्वास्थ्य निरिक्षक दलवहादुर केसीले बताउनु भयो । एचआईभी÷एड्सबाट संक्रमित भएका दुई महिलाहरुले सुरक्षित रुपमा बच्चा जन्माउने तयारीमा रहेको पनि जनस्वास्थ्य कार्यालयले बताएको छ ।
उनिहरुको जिल्ला स्वास्थ्य कार्यालयमा नियमित्त रुपमा बच्चामा एड्न सर्न नदिने उपचार पद्धतिबाट बच्चा जन्माउन थालेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।जनस्वास्थ्य कार्यालयमा सुरु भएको एआरटि सेन्टरबाट एचआईभि÷एड्स संक्रमित ५३ जनाले नियमित्त औषधि सेवा सुरु गरेका छन ।।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण