गृहपृष्ठ » अार्थिकरुकुमको खत्रीगाउँमा ७ वर्ष पछि बिजुली बल्यो

रुकुमको खत्रीगाउँमा ७ वर्ष पछि बिजुली बल्यो

April 10, 2016६९ पटक

लघु जलविद्युत आयोजनाको सफल परिक्षण

 रुकुम २८-चैत /  रुकुम उज्यालो कार्यक्रम अन्तर्गत रुकुम जिल्लाको चौरजहारी नगरपालिका९, खत्रीगाउँमा लापुरीखोला लघु जलविद्युत आयोजनाको सफल परिक्षण भएको छ ।विद्युत परिक्षण सफल भएपछि वर्षाै देखि विद्युतको पर्खाईमा बसेका त्यस क्षेत्रका सेवाग्राहीहरु खुसिभएका छन ।विद्यार्थीहरुको पठनपाठनका साथै मोवाईल, कम्प्युटर, टर्चलाईट, टेलिभिजन, फ्रिज जस्ता विद्युतिय सामाग्रीहरु प्रयोगमा ल्याउन सहज हुने भएपछि सेवाग्राही खुसि भएका हुन ।

विद्युत निर्माणको काम सम्पन्न भएसंगै जलविद्युतको सफल परिक्षण भएको हो । कोटजहारीको खत्रीगाउँमा अवस्थित पावरहाउसबाट नार्जी वजारमा विद्युत आपुर्ति गरीएको थियो ।

 नेपाल सरकार र वैकल्पीक उर्जा प्रवर्धन केन्द्र खुमलटार ललितपुरको संयुक्त लगानीमा निर्माण कार्यथालनी गरीएको विद्युतको ठेक्का एचए.कन्ट्रक्सनले लिएको थियो ।

१ वर्ष भित्र काम सम्पन्न गर्ने भनी २०६८ सालमा ठेक्का संझौता गरीएको भएतापनि ७ वर्ष पछि वत्ती वल्न सफल भएको हो । १ करोड वरावरको लगानीमा निर्माण कार्य सम्पन्न भएको हाईडोपावरको ८५ किलोवाट विद्युत उत्पादन क्षमता रहेको निर्माण समितिका अध्यक्ष ईन्द्रलाल शर्माले जानकारी दिए ।

लघुजलविद्युतले नियमित विद्युत सेवा आपुर्ति गरेमा चौरजहारी नगरपालिका अन्तरगत घर्तिकाँडा, कुमाईगाउ, काप्रा, खत्रीगाउँ, सोतिखोला, बसिगाउँ, बडाखोला, सोतिगेष्मा, गुर्तालगाउँ र कोटगाउँमा वसोवास गर्ने झण्डै साढे ११ सय घरधुरी विद्युत सेवा वाट लाभान्वित हुने छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण