गृहपृष्ठ » समाचारहरुमुस्लिम छात्रले शिक्षिकासँग हात मिलाउन नपाउने

मुस्लिम छात्रले शिक्षिकासँग हात मिलाउन नपाउने

April 10, 2016१०९ पटक

चैत २८ – स्वीजरल्याण्ड सरकारले मुस्लिम छात्रलाई महिला शिक्षकसँग हात मिलाउन नदिने एक विद्यालयकोे आलोचना गरेको छ ।  विद्यालयले महिला शिक्षिकासँग मुस्लिम छात्रले हात मिलाउन नसक्ने फैसला गरेपछि स्वीजरल्याण्ड सरकारले आलोचना गरेको हो । स्विजरल्याण्डमा कक्षा सुरु हुने बेलामा र कक्षा सकिने बेलामा शिक्षकले विद्यार्थीसँग हात मिलाउने चलन छ ।

बसेल प्रान्तको थेरविल नगरपालिकामा रहेको एक विद्यालयका १४ र १५ वर्षका दुई छात्रले शिक्षिकासँग हात मिलाउने स्वीस परम्परा उनीहरुको धार्मिक विश्वास विपरित भएको भन्दै गुनासो गरेपछि विद्यालयले हात नमिलाउन भनेको थियो । इस्लाम परिवारका नजिकका सदस्य बाहेक अरु विपरित लिंगी भएका जो सुकैसँग पनि हात मिलाउन तथा शारीरिक रुपका हुने कुनै  प्रकारका सम्पर्कको अनुमति नभएको ती दुई छात्रको तर्क छ ।

विद्यालयले मुस्लिम छात्रलाई महिला शिक्षकसँग हात नमिलाउने फैसला विरुद्ध स्विजरल्याडमा विरोध सुरु भएको छ । स्विजरल्याण्डका न्याय मन्त्री सिमोनेटा सोमारुगाले हात मिलाउनु स्विस सस्ँकृति भएको भन्दै स्कूलको फैसला बारे तत्काल कुनै प्रतिक्रिया नदिने बताउनु भएको छ ।

फेडेरेशन अफ इस्लामिक अर्गनाइजेसन इन स्वीजरल्याण्डका अनुसार धर्मशास्त्रमा पुरुष तथा महिलाको हात मिलाउन अनुमति छ र केही इस्लामिक राष्ट्रमा यसको चलन पनि थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण