गृहपृष्ठ » अन्तर्वार्ता, मुख्य समाचारसंविधान जारी भएपछि एमालेको नेतृत्वमा राष्ट्रिय सरकार बन्छः ढुङगाना

संविधान जारी भएपछि एमालेको नेतृत्वमा राष्ट्रिय सरकार बन्छः ढुङगाना

August 10, 2015५१८ पटक
काठमाडौ– नेपाली काग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले संविधान जारी भएपछि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन ।
उनले एमाले र काग्रेसवीच पहिला नै संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरी सात बुँदे सहमति भइसकेको र त्यसमा काग्रेस प्रतिबद्ध रहेको भन्दै अब काग्रेसले सरकारको नेतृत्वको दावी नगर्ने स्पष्ट पारे ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,’संविधान जारी भएपछि एमालेको नेतृत्वमा सहमतिको सरकार बन्छ । अब काग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन । प्रधानमन्त्री स्वयंले संविधान बनेपछि राजीनामा दिन्छु भनिसक्नु भएकोले त्यसमा हामी प्रतिबद्ध छौ ।’

ढुंगानाले भदौको पहिलो साताभित्र संविधान जारी हुने विश्वास व्यक्तगर्दै त्यस लगत्तै प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिने बताए ।उनले जनताले माग अनुसारको सीमांकनमा केही जिल्ला संशोधन हुने स्पष्ट पार्दै बाँकी विवादित विषयहरु भने आयोग बनेर सुल्झाउनु पर्ने बताए ।

‘१६ बुँदे सहमतिमा ८ प्रदेश भनेका थियौ । अहिले ६ प्रदेश भयो, हाम्रो पनि त्यसमा चित्त बुझेको छैन,’ उनले भने,’ मस्यौदा समिति र संसोधन प्रस्ताव हाल्ने समय छ । त्यसबाट सबैले मान्ने संविधान आउँछ ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण