गृहपृष्ठ » मुख्य समाचारएघार गाबिस एउटै सचिवको काधमा

एघार गाबिस एउटै सचिवको काधमा

April 11, 2016७८ पटक

सलिम अन्सारी

प्युठान , चैत्र २९ । प्युठानमा एघार गाबिसको जिम्मेबारी एउटै कर्मचारिलाइ तोकिएको छ। कार्यसम्पादनका आधारमा आफुहरुलाइ प्रोत्साहन भत्ता उपलब्ध गराइनुपर्ने माग गर्दै जिल्लाका गाबिस सचिबहरु आन्दोलित भएपछी जिल्ला बिकास समिती प्युठानले यस्तो जिम्मेवारी तोकेको हो। अहिले सम्म दोहोरो गाविसको जिम्मेवारी सम्हाल्दै आएका गाविस सचिवहरुले आइतबारदेखि उक्त जिम्मेवारी नलिने जिविसलाई लिखित जानकारी गराएपछि नायव सुव्वा पहलसिंह घर्तीलाई ११ वटा गाविसको जिम्मेवारी तोकिएको हो।
नायब सुब्बा कार्की जिल्ला बिकास समितीको कार्यालयमा  कार्यरत रहेका थिए।

दैनिक कामकाज सञ्चालन गर्ने गरी नायव सुब्बा घर्तीलाई आजै एघार गाबिसको जिम्मेवारी तोकिएको स्थानीय विकास अधिकारी शिव प्रसाद रेग्मीले बताए । सचिवहरु आन्दोलनमा उत्रिएपछि आकस्मिक यस्तो निर्णय गर्न भएको उनले उल्लेख गरे।” सचिवहरुले दोहोरो जिम्मेवारी नहेर्ने बताएपछि  यस्तो निर्णय गरिएको हो।”उनले भने।जिबिसद्धारा नायब सुब्बा कार्किको नाममा जिल्ला प्रशासन कार्यालयलाइ बोधार्थ गराइ लेखिएको पत्रमा गाबिस हकहित संरक्षण केन्द्रबाट दुईवटा गाबिसको जिम्मेवारी लिन नसकिने भनी आन्दोलनमा रहेकाले विशेष परिस्थिती सिर्जना भएको भन्दै एघार गाबिसको जिम्मा दिएको ब्यहोरा उल्लेख गरिएको छ।विजुली, माझकोट, बांगेशाल, लिघा, तोरवाङ, लुङ, कोचिवाङ, रजवारा, अर्खा र दाङवाङ गाविसको दैनिक प्रशासनिक कामकाज संचालन गर्ने गरी जिम्मेवारी दिइएको पत्रमा उल्लेख गरिएको छ ।  दुई वटा गाबिसको जिम्मेवारी लिन नसकिने भन्दै जिल्लाका गाबिस सचिबहरु आन्दोलित हुंदै आएका छन। कार्यसम्पादनका आधारमा सचिबहरुलाइ प्रोतसाहन भत्ता उपलबध गराइनुपर्ने माग गर्दै उनिहरु आन्दोलित भएका हुन।

कार्यसम्पादनको आधारमा गाविस सचिवहरुलाई प्रोत्साहन भत्ता दिन माग गरे पनि मन्त्रालयले यसलाई अस्विकृत गरेपछि दोहोरो जिम्मेवारी नलिने निर्णय गर्न बाध्य भएको गाविस सचिव संरक्षण केन्द्र प्यूठानका अध्यक्ष पुष्पराज थापाले बताए । कामको आधारमा सचिवहरुलाई प्रोत्साहन भत्ता दिनुपर्ने माग गर्दै उनले कामको मूल्यांकन अनुसार तलवको प्रोत्साहन भत्ताको व्यवस्था हुनुपर्ने माग गरे ।‘कामको आधारमा सचिवहरुलाई प्रोत्साहन भत्ता दिनुपर्छ’,उनले भने,
दोहोरो जिम्मेवारी सम्हालेका सबै गाविस सचिवहरुले आज गाविसको छाप, लेडरप्याड स्थानीय विकास अधिकारीलाई बुझाएको उनले जानकारी गराए । आफूहरुको माग पूरा नभए आगामी वैशाख १५ गतेदेखि गाविस अध्यक्षको जिम्मेवारीसमेत नलिने आन्दोलनरत गाविस सचिवहरुले चेतावनी दिएका छन् ।12421991_1772467489652672_709159388_o
सचिवहरुको आन्दोलनवारे केन्द्रलाई लिखित जानकारी गराइएको स्थानीय विकास अधिकारी रेग्मीले बताए । मन्त्रालयको परामर्श अनुसार आवश्यक पहल अगाडि बढाउने उनको भनाइ छ । सचिव रिक्त रहेका सवै गाविसहरुको बैंक खाता समेत रोक्का गरिएको रेग्मीले बताए । प्युठानमा अझै दस गाबिसमा सचिबको दरबन्दी रिक्त छ । जिल्लाको बिजुली,लिघा, माझकोट, तोरबाङ,रजवारा,बाङ्गेसाल,लुङ,कोचिबाङ,अर्खा र दाङबाङ गाविसमा सचिबको पदपुर्ती हुन नसक्दा एउटै सचिबले दोहोरो
जिम्मेवारी समहाल्दै आएका थिए। लामो समय देखि स्थानिय निर्बाचन हुन नसक्दा जनप्रतिनिधिको काम देखि  जन्मदर्ता, मृत्युदर्ता, नागरिकताका सिफारिसलगायतका काम गर्नुपर्दा आफूहरु र सेवाग्राहिले सास्ती ब्यहिर्नुपरेको उनिहरुको गुनासो छ।

सचिवहरुले दोहोरो जिम्मेवारी नसम्हाल्ने भएपछि जिविसमा कार्यरत ना.सु.पहलसिँह घर्तिलाई दैनिक प्रशासनिक कामकाज सम्हाल्ने गरी दिइएको पत्र ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण