गृहपृष्ठ » मुख्य समाचार, समचारपहिरोको जोखिमले २४ घरधुरी विस्थापित

पहिरोको जोखिमले २४ घरधुरी विस्थापित

August 10, 2015२८४ पटक

म्याग्दी ,श्राबण २५ गते ।।
जिल्लाको ओखरबोटमा घर पहिरोको जोखिममा परेपछि २४ घरधुरी विस्थापित भएका छन् । ओखरबोट–९ जुगेपानीमा गएको पहिरोले सातवटा घर भत्किसकेका छन्भने २७ घर जोखिममा परेका छन् । तीन घरपरिवार भने सर्ने ठाउँ नभएकाले जोखिमयुक्त घरमै बस्ने गरेका छन् । तीन वर्षअघि ओखरबोट–८ र ९ मा पर्ने उक्त स्थानमा पहिरो जान सुरु गरेको थियो । बस्तीको तलबाट पहिरोले घर भत्काएपछि नौ परिवार विस्थापित भएर हिउँदमा बस्नलाई बनाएको गोठमा सरेको स्थानीयवासी लालबहादुर बिकले बताए । पहिरोका कारण घर चर्किएका छन् । बारीमा धाँजा फाटेर चिरा परेको छ । सात घर पहिरोका कारण भत्किसकेको र अहिले २४ घरपरिवार विस्थापित भएर गोठ, मकैबारीमा टहरा बनाएर तथा आफन्तकहाँ आश्रय लिएर बसेका स्थानीयवासी यामबहादुर पुनले बताए । उनका अनुसार, बस्तीको तलदेखि माथिसम्म धाँजा फाटेकाले पूरै गाउँ जोखिममा परेको छ । अन्य ठाउँमा जग्गा जमिन र गोठ नभएकाले घरनजिकै पहिरो आइपुगे पनि जोखिम मोलेर बसेको स्थानीयवासी साउनी ल्वागनले बताइन् । उनको जग्गा जमिन पहिरोले लगिसकेको छ । सुरक्षित ठाउँमा जग्गा जमिन नभएकाले ल्वागन सहित तीन परिवार जोखिम मोलेरै पहिरोले भत्काउन लागेको घरमा बसेका छन् । एक थान पाल उपलब्ध गराइसकेको छ । बस्तीको बीचमा खनिएको सडकको भल र मूलको पानी व्यवस्थापन गर्न नसक्दा गएको ओखरबोटको पहिरो नियन्त्रण गर्न जिल्ला भूसंरक्षण कार्यालय लगायतका निकायले पहल गरे पनि सफल हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण