पाल्पामा बाँदरको बिगबिघी, स्कुल जान छोडेर बाँदर धपाउँछन बिद्यार्थी ।।
पाल्पा, श्राबण २५ गते ।।
केही समय पहिला जंगलमा पाइने कन्दमुल खाएर जंगलमै बस्ने बाँदर अहिले गाउँ बस्तीमा मानीसले लगाएका खेती बाली र फलफुल खाएर किसानलाई सास्ती दिन थालेको छन् । अहिले पश्चिम पाल्पामा दैनीक रूपमा बाँदरको बिगबिगी बढेपछी कृषकलाई बाँदर लखेट्दा सास्ती खेप्नु परेको स्थानीय कृषकहरू बताउँछन् । बिहान झिसमिसेबाट नै बाँदरको बथानसहित बारी र खेतमा पस्छ कती बेला र कताबाट आउँछ भनेर रेखदेख गर्नु पर्छ एक्लै देखे बाँदरले मानिसलाइ नै आक्रमण गर्न खोज्ने हँुदा गाउँका दुई–चार जना भएर बारीका कान्ला खेत र जंगलमै पुगेर बाँदर धपाउन पर्छ यो हाम्रो दैनिक जसो भएको समस्या हो छहरा –५ का हिमप्रसाद पोखरेलले दुखेसो गरे । बाँदरले मकै तरकारी बाली गोलभँेडा र खेतको धान खान्छ नै अहिले त भर्खर बतीला लाग्न थालेको सुन्तला, मौसम पनि सखाप पारेको पालुङमैनादी गाविसका इन्द्र कुवँरले जानकारी दिए । उनी भन्छन् ‘बाँदरले पहिला यस्तो बढी क्षती गराउने थिएन घरबाट केही बस्तु बजाउने गर्दा बारीमा आउने थिएन तर आजभोली मान्छेलाई टेर्न छोडेर हुलका हुल बाँदर बारीमा पस्छन् बाँदर हेर्दा कैंयौ दिन छोर ाछोरी स्कुल नै गएका छैनन् । ’ बाँदरले पश्चिम पाल्पाका छहरा, सोमादी ,भुवनपोखरी ,मुझुङ ,पालुङमैनादी, लगाएत डेढ र्दजन गाविसका किसानलाई आजित बनाएको छ । बिहानदेखी साँझसम्म पालो बाँडेर बाँदर को रेखदेख गर्नु पर्ने मेलापात बिद्यालय र घर ायसी काम समेत छोडेर अन्न बाली बचाउन लागी परेको स्थानीयको गुनासो छ । बाँदरका बारेमा केही बुढापाका भन्छन् ‘अहिले मान्छेको चाप बढेको छ बनजंगल जथाभावी रूपमा फँडानी भएका छन जंगलमा बिधिन्न खानेकुरा लोप हुँदै छ त्यसैले बाँदर घरबस्ती तिर आउन थालेको छ । ’ मान्छे जस्तै बाँदर बढी तिर्खाउछ जंगल पानीका मुहान सुक्दै जानु र बाँदरले पानीसम्म खान नपाएका कारण पनि बाँदरले खेतीपाती खानुभन्दा पनि नोक्सानी बढी गरेको स्थानीयको भनाई छ । सोमादी ७ तान्सिङगल का खगेन्द्र पोखरेल भन्छन् ‘गएको वर्ष आधा भन्दा बढी मकै बाँदरले खायो अहिले २० हजार हालेर भोटे कुकुर पालेको छु , कुकुर पालेर भुक्ने भएका कारण हाम्रो गाउँमा बादर कम आएको छ तर अन्य ठाउँमा बाँदरको बथान नै छ बाँदर हेर्न भनेर गाउँ–गाउँमा अस्थाई टहरा बनाई दिनभर बाँदरको हेरालु बन्नु परेको छ । ’ अहिले पाल्पाका अधिकांश ठाउँमा मकै बाली हुने भएको हुनाले बाँदरले बढी सताउने गर्छ । गाउँलेका अनुसार बाँदर धपाउन महीलाहरूले नसके पछि कुकुरको प्रयोग गरेर युवाहरू जंगलसम्म पुग्ने गरेका छन् ।