गृहपृष्ठ » समाचारहरुवैरो संघका अध्यक्ष हुँ भन्दै मनपरी गर्दै विमल ढकाल

वैरो संघका अध्यक्ष हुँ भन्दै मनपरी गर्दै विमल ढकाल

April 11, 2016८४ पटक

 

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष विमलप्रसाद ढकालले आन्दोलनको नाममा पूर्वस्वीकृतिको काम गर्ने व्यवसायीहरूलाई कारबाही गरेका छन् तर, स्वयं ढकालले भने आफ्नै म्यानपावर कम्पनी खगोल ओभरसिजबाट पूर्वस्वीकृतिको काम गरी मनपरी गर्ने गरेका छन् ।
वैदेशिक रोजगार व्यवसायीहरूको हक–हित र सुरक्षाका लागि स्थापना भएको व्यवसायीहरूको छाता संगठनकै अध्यक्षले व्यवसायीहरूमाथि आफू मनपरी गर्र्ने र अरुलाई कारबाही गर्ने नाटकीय व्यवहार देखाउँदा संघका अध्यक्ष ढकालको नियतमाथि नै शंका उब्जेको हो ।
ढकालले २४ चैतमा साउदी अरबको रोजगारीका लागि लट नम्बर–१५४४९७ र लट नम्बर–१५४५०० उल्लेख भएको आठ जना कामदारको संख्यामा पूर्वस्वीकृति खगोल ओभरसिज प्रालिमार्फत् मागपत्र प्रकाशित गरेका छन् भने सोही दिन अन्य केही व्यवसायीहरूले पूर्वस्वीकृतिको मागपत्र लिँदा कारबाहीका लागि ढकालले स्पष्टीकरण लिने भन्दै पत्राचार गरेका छन् ।
संघका अध्यक्षबाट नै यस्तो व्यवहार आएपछि आम व्यवसायीहरूले अभिभावकत्वको भूमिका नपाएर आफू मोटाएर व्यवसाय धरापमा पार्ने चालबाजीमा ढकाल लागेको स्पष्ट हुन्छ । यसरी गलत नियत लिएका अध्यक्ष ढकालको नेतृत्वले चौतर्फी रूपमा वैदेशिक रोजगार व्यवसायमाथि प्रहार भइरहेको बेला व्यवसाय व्यवस्थित र सुरक्षित हुने नभई झनै अस्तव्यस्त हुने भनी व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन् ।
आफूले काम गर्दा छुट पाउने तर अरुले काम गरे कारबाही गर्ने प्रवृत्ति देखाएका अध्यक्ष ढकालले कारबाहीको प्रक्रिया अगाडि बढाएका धेरै व्यवसायीमध्ये एक प्रतिनिधिपात्र संघका पूर्वअध्यक्ष तथा स्काई ओभरसिज प्रालिका सञ्चालक बलबहादुर तामाङ भन्छन्, ‘पहिलो पक्ष त अध्यक्ष ढकालले हतास मानसिकता र बिनातयारी आन्दोलनको निर्णय ग¥यो त्यो नै आफैमा अपरिपक्व नेतृत्वक्षमता हो । दोस्रो कुरा आन्दोलनको चरणहरू र प्रक्रिया नै गलत छ । आन्दोलन गर्नुपूर्व राजनीतिक, बौद्धिक, व्यवसायसँग सम्बन्धित राज्यका निकाय, सम्बन्धित क्षेत्रलगायतका निकायहरूसँग छलफल, वार्ता, अल्टिमेटमजस्ता प्रक्रियामा आउनुपर्ने हो त्यो नेतृत्वले गर्न नसकेरै अहिलेको परिस्थिति सिर्जना भएको हो ।’
तामाङले कारबाहीका लागि पत्राचार गरेको प्रसंगमा संघका अध्यक्ष ढकालले गरेको निर्णय ठीक या बेठीक के हो उनैले बुझ्ने कुरा भएको बताउँदै भने, ‘म संघको पूर्वअध्यक्ष भएको नाताले पनि र कुनै पनि व्यावसायिक प्रतिष्ठानहरूले बन्द–हडताल गर्नु हुँदैन भन्ने मान्यता राख्छु । सँगसँगै ढकाललगायत अन्य व्यवसायीहरूले झन्डै १२ सयभन्दा बढी पूर्वस्वीकृतिको काम भएको र बाँकी कामहरू पनि सेटिङमा धमाधम हुन थालेपछि मैले पनि काम सुरु गरेको हुँ ।’ आफू नियम कानुनको सच्चा पहरेदार भएको हुनाले शुक्रबार नै लिखित स्पष्टीकरण संघलाई बुझाएको तामाङले प्रभावलाई बताए । संघले भने आइतबारसम्म कुनै प्रतिक्रिया नदिएको उनले जानकारी दिए ।

dव्यवसायीलाई उनले कारवाहीको लागि पत्र र उनैले निकालेको पूर्व स्वीकृति

अध्यक्ष हु भन्दै प्रहरीबाट उम्किए ढकाल
गत १२ फागुनमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले संघका अध्यक्ष ढकालको खगोल ओभरसिज प्रालिलगायत काठमाडौंका १८ वटा म्यानपावारमा छापा मारेको थियो । महाशाखाको टोलीले छापा मारेका अन्य १७ वटा म्यानपावर कम्पनीका सञ्चालकहरूलाई भने प्रहरीले केही दिन थुनामा राखेर कारबाही गर्दै वैदेशिक रोजगार विभागमा जिम्मा लगाएका थिए भने ढकालले भने आफू अध्यक्ष भएको र प्रहरीलाई समेत प्रलोभनमा पारेर आफ्नो कागजात फिर्ता लिएको र अरु कारबाहीमा परेका व्यवसायीहरूलाई भने पूरै बेवास्ता गरेको प्रहरीको कारबाहीमा परेको एक म्यानपावर व्यवसायीले आरोप लगाएका छन् ।
यसरी पक्राउ परेका केही व्यवसायीहरूलाई प्रहरीले १४ फागुनमा धरौटीमा छाडेको थियो भने केहीलाई कारबाहीको लागि विभागलाई जिम्मा लगाएको थियो । तर, ढकाललाई भने कुनै कारबाही नै नगरी उनको म्यानपावर खगोल ओभरसिजबाट नियन्त्रणमा लिइएका कागजात बिनासर्त उनले फिर्ता लिएर अन्य व्यवसायीलाई कारबाहीमा पारेर आफू भने उम्किएका थिए ।

सरकारसँगको छलफल ढकालको नाटक मात्रै
वैदेशिक रोजगार व्यवसायीविरुद्ध प्रहरीको छापा, विभागको अनुगमन र राजस्वको छापा वैदेशिक रोजगार ऐनविपरीत भएको भन्दै संघको नेतृत्वमा सरकारसँग भइरहेको वार्तामा ढकालको नाटकीय चालबाजी मात्र भएको खुलेको छ ।
व्यवसायीहरूलाई बिनाएजेन्डा आन्दोलन गर्न उक्साउने अनि छलफलको लागि प्रतिनिधिमण्डल सरकारसमक्ष पुग्नुभन्दा पहिले नै ढकालले सरकारी पक्षका व्यक्तिहरूसँग बसेर विषवस्तुहरूलाई नाटकीय रूप दिन लगाउने गरेको आन्दोलनमा सहभागी एक व्यवसायीले प्रभावलाई खुलाएका छन् । अध्यक्ष ढकालको सोही प्रवृत्तिकै कारण झन्डै एक महिना लामो व्यवसायीको वार्ता कुनै निर्णयबिना नै पछि सरेको छ ।

प्रभाव

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण