गृहपृष्ठ » समचारकेटीसँग लागेको भन्दै युवकको टाउको ढुङ्गामा बजारेर हत्या

केटीसँग लागेको भन्दै युवकको टाउको ढुङ्गामा बजारेर हत्या

April 11, 2016६४ पटक

चैत २९, जुम्ला । आठौँ अन्तर मावि राष्ट्रपति रनिङ सिल्ड हेर्न गएका एक युवकको आइतबार ढुङ्गामा टाउको बजारेर हत्या गरिएको छ ।

हत्या गरिएका युवक चन्दननाथ नगरपालिका–१५ गैरागाउँ निवासी १९ वर्षीय रमेश खत्री रहेको प्रहरीले जनाएको छ ।

खत्रीलाई केटीसँग लागेको आरोपमा चार जना केटाले लखेटेर डिल्लीचौर–४ को पाल्कोट भन्ने जङ्गलमा हत्या गरेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिएका छन् । हत्यामा संलग्न चार जनामा पहिचान भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हत्यामा संलग्न अन्य दुईजना फरार रहेको र उनीहरुको खोजी तथा अनुसन्धान गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण