गृहपृष्ठ » सूचना प्रविधीभाइबरका नेपाली प्रयोगकर्तालाई १० हजार बराबरको स्टिकर फ्री

भाइबरका नेपाली प्रयोगकर्तालाई १० हजार बराबरको स्टिकर फ्री

April 11, 2016१८९ पटक

२९ चैत, काठमाडौं । विश्वकै अग्रणी मेसेजिङ्ग एप भाइबरले नेपाली नयाँ वर्षको अवसरमा आफ्ना प्रयोगकर्ताहरुलाई निःशुल्क स्टिकर दिने भएको छ । भाइबरको विश्वभर ७११ मिलियनभन्दा बढी प्रयोगकर्ताहरु छन् ।

यो अवसरमा भाइबरले ७ अप्रिलदेखि लागू हुने गरी आफ्नो ग्राहकहरुका लागि १० हजार बराबरको आफ्ना ५० वटा भन्दा बढी स्टिकर प्याकहरु १० दिनको लागि निःशुल्क उपलब्ध गराएको छ ।Viber

आफूलाई वा आफ्नो कुरालाई व्यक्त गर्न स्टिकर सबैभन्दा रमाइलो माध्यम हो । यसले कुराकानीलाई रोचक मात्र बनाउँदैन, आकर्षक डिजाइनका साथ प्रयोगकर्तालाई विभिन्न भावहरु व्यक्त गर्न पनि  सहज बनाएको छ ।

नेपाली बजारमा द्रुत गतीमा बढीहरुको भाइबरको बजारलाई अझ विस्तार गर्न भाइबरले गत महिनाबाट पब्लिक च्याट पनि सुरु गरेको छ । भाइबरले स्थानीय बजारसँग सहकार्य  गर्दै स्थानीय भाषाका सेवाहरु ल्याएर आफ्नो उपस्थितीलाई मजबुत बनाउन लागेको छ ।

‘हामी नेपालीलाई नयाँ वर्ष २०७३ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छ । यस अवसलाई अझै उत्सवमय बनाउन हामीले प्रयोगकर्ताहरुका लागि स्टिकरहरु फ्रीमा उपलब्ध गराउँदै छौ । साथै, हामीले गएको वर्षदेखि नेपालमा भाइबर प्रयोगकर्ताहरुको बृद्धि पनि लगातार भइरहेको पाएका छौं,’ भाइबर दक्षिण एसियाका क्षेत्रिय प्रमुख अनुभव नाय्यरले भने । गतवर्ष मात्रै भाइबरबाट २२ बिलियन भन्दा बढी स्टिकर पठाइएको थियो ।

स्टिकरले च्याट एप प्रयोगकर्ताहरुलाई आफ्ना पि्रयजन, प्रेमी/प्रेमीका, साथीभाइ र परिवारसँग नवीन तरिकाबाट सम्पर्क गर्न सहज बनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण