गृहपृष्ठ » सूचना प्रविधीनयाँ वर्षमा टेलिकमको अफरै अफर

नयाँ वर्षमा टेलिकमको अफरै अफर

April 11, 2016२२४ पटक

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा आफ्ना ग्राहकलाई विभिन्न सेसामा विशेष छुट उपलब्ध गराउने भएको छ ।nepal telecom

टेलिकमले जिएसएम तथा सिडएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुल दरमा यही चैत ३० देखि २०७३ वैशाख १ गतेसम्म दुई दिनका लागि विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ ।

जिएसएम प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई ति प्याकेज तीन दिनका लागि चैत ३० देखि २०७३ वैशाख २ गतेसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतीभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । डाटा सेवाअन्तर्गत १०० एमबी साइजको डाटा रु ५० मा खरिद गरी ७ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण