गृहपृष्ठ » समचारबसको ठक्करबाट १ को मृत्यु १ घाईते

बसको ठक्करबाट १ को मृत्यु १ घाईते

April 12, 2016६२ पटक

accidentदीपकअनुरागी आचार्य,
कपिलवस्तु, चैत्र ३०
कपिलवस्तुको गजेहडामा सोमबार बिहान सवारी दुर्घटना हुदाँ २ बालिकाको ज्यान गएको छ भने अर्को १ जना बालक घाइते भएका छन् । मृत्यु हुनेमा वाणगंगा नगरपालिका–९ सिउटीकी १० बर्षिय बविता चौधरी रहेकी छन् । जीतपुर तौलिहवा सडक खण्ड अन्र्तगत ४ नम्बरबाट तौलिहवातर्फ जादै गरेको लु १ ख ४७१८ नम्बरको बसले जिल्लाको वाणगंगा १० गजेहडामा साइकल यात्रामा सवार बालिका र बालकलाई ठक्कर दिएको थियो । ठक्कर पछि उपचारको क्रममा अस्पताल लैजादै गर्दा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक विष्णु प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा घाइते अर्का ६ बर्षिय बालकको स्थानिय कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरी निरिक्षक पोख्रेलले बताउनुभएको छ । बालक चौधरीको अवस्था भने सामान्य छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु हुने बालिका स्थानिय वाणगंगा उच्च मावि गजेहडामा कक्षा ५ र घाइते बालक कक्षा २ मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण