बिभिन्न ठाँउमा भएका दुर्घटनाहमा परि १८ जनाको मृत्यु, ५० भन्दा बढि घाईते ।।
प्युठान, २५, साउन सदरमुकाम नजिकै सोमबार अपराह्न भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । भने महोत्तरीको बर्दिबास बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।
घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । एकजनाको शव च्यापिएकाको अवस्थामा बसभित्रै रहे पनि निकाल्न सकिएको छैन ।
मृतकमध्ये प्युठान नगरपालिका–१४ की माया केसी र नगरपालिका–२ का सञ्जय सुनार, तोरवाङ गाविसका नरेन्द्र जिसी, कपिलवस्तुका लङ्कबहादुर रावत र दाङ गढवाकी सीता पण्डितको सनाखत भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनामा चार पुरुष र दुई महिलाको मृत्यु भएको प्रहरी जनाएको छ । घटनामा परी घाइते भएका २४ जनालाई उद्धार गरी स्वर्गद्वारी लाइफकेयर अस्पताल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि लगिएको छ । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नंको यात्रुबाहक बस सारीवाङको घुम्तीबाट खोलामा खसेर दुर्घटना भएको थियो ।
यस्तै महोत्तरीको बर्दिबास बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । सिन्धुलीबाट बर्दिबासका लागि तीर्थालु लिएर छुटेको ज १ ख ५२९ नम्बरको बस बर्दिबास–५ कारेघोप्टे पुल नजिकै सडकबाट खस्दा २८ जना भन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेको सनाखत हुन नसकेको महोत्तरीका प्रमुख प्रहरी निरीक्षक तुलसीप्रसाद उप्रेतिले जानकारी दिनुभयो । घाइतेको बर्दिवासका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा परेको बसमा बोलबम हिडेका तिर्थालु चढेका थिए ।