गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसंसदको बैठक आज शोक प्रस्ताव पारित गरेर स्थगित हुने

संसदको बैठक आज शोक प्रस्ताव पारित गरेर स्थगित हुने

August 5, 2015४९२ पटक

नयाँ आर्थिक बर्षको बजेट माथी छलफल गर्न भन्दै वोलाइएको व्यवस्थापिका संसदको बैठक आज शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ ।
नेपाली काँग्रेसका पुर्व साँसद तथा बुटवल नगरपालिकाका पुर्व मेयर सुर्यप्रसाद प्रधानको निधन भएकाले आज संसद बैठकमा शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको हो ।
२०५६ सालमा साँसदमा निर्वाचित प्रधान व्यवस्थापिका संसदको तत्कालिन बातावरण समितिका सभापति समेत हुनुहुन्थ्यो ।
उहाँको शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गरिने भएकाले आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जवाफ दिन नपाउनु हुने भएको छ ।
सभामुख सुवास नेम्वाङले दलित अधिकारकर्मी र सांसदहरुमाथि गरिएको प्रहरी धरपकडबारे संसदलाई आज जवाफ दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमलाई हिजो निर्देशन दिनुभएको थियो ।
बैठक आज पनि दिउसो ३ बजेपछि बस्नेगरी वोलाईएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण