गृहपृष्ठ » बिचार/ब्लग“सक्छौ भने फिर्ता गरिदेउ “

“सक्छौ भने फिर्ता गरिदेउ “

April 12, 2016३६२ पटक

सुशिल लम्साल 
बुटवल । गोजिमा २ रुपैया मात्रै हुँदा पनि स्कुलमा घन्टी बितेको पत्तो हुँदैनथ्यो । एउटा गोजिमा गुच्चा र अर्कोमा चिप्पुल भरेर बेच्दै हिड्दा आफुलाई सबैभन्दा धनी ब्यापारीको भान हुन्थ्यो , लाग्थ्यो कि त्यो बेलाको बिल गेटस र बिनोद चौधरी मै हो ।Sushil

होमवर्क गरेर भोलीपल्ट सरलाई देखाइ सही अनि स्याबास पाउदा अरुको अगाडी छुट्टै इज्जत हुन्थ्यो ,लाग्थ्यो कि राष्ट्रपती र प्रधानमन्त्रीको भन्दा बढी इज्जत मेरै छ कमसेकम एउटा कक्षाकोठा मै भए पनि । बल्छी बोकेर मुस्किलले एउटो माछो मारेर घर फर्किदा शत्रु नै मारे झै आभास हुन्थ्यो लाग्थ्यो कि अङ्ग्रेजलाई ढलाउने र कोतपर्बमा अग्नियुद्व चलाउने बिर गोर्खालिको एउटा अभिन्न अङग मै हो । रातभर नसुतेर घाटी नै फुट्ने गरी देउसी खेलेर मुस्किलले ५०० रुपैया जम्मा गर्दा पनि ५०० थरिकै योजना बुनिन्थ्यो ,सपना देखिन्थ्यो ,लाग्थ्यो कि अहिलेको नेपाल सरकारको योजना मन्त्रालयको भद्रगोल योजना भन्दा प्रभावकारी योजना मेरै थियो । साइकल कुदाएर रित्तो सडकको बिच बाटोमा हात छोडेर हिड्दा आफु भन्दा शक्तिसाली कोही लाग्दैनथ्यो ,लाग्थ्यो कि सन्सार मेरै पछी पछी दौडिदैछ अनि म चाही अघी अघी दौडिदैछु त्यसैको नेतृत्व गर्दै । तर आज आफैलाई लाग्दैछ म कती कमजोर रहेछु ,ति सारा पललाई नजिक देखी स्पर्स गर्नसके ,ति सारा घ्टना यो मस्तिस्कमा अनि यि मानसपटलमा कैद गर्न सके । आफुलाई कहिले विद्वान त कहिले सर्बश्रेष्ठ र सर्बशक्तिमानको रुपमा पाए र पनि तत्कालिन पलहरुलाई त्यही थाती राख्न सकिन अझ भनु यो समयको झट्कालाई आफ्नो बसमा पारेर रोक्न सकिन ।
जब जब समयको कुरा आउछ ,अवसर र चुनौतिको कुरा आउछ , माग र सुनुवाइको कुरा आउछ साथै आवश्यकता र परिपुर्तिको कुरा आउछ र अक्सर मान्छेहरुले भनेको सुन्छु कि ” समय आउनुपर्छ अनि सबै ठीक हुन्छ ” तब तब म आफैले आफैमा बिश्लेशण गर्छु अनि त्यो बेलाको ‘म’ भन्दा पनि शक्तिसाली अहिलेको ‘त’ भगवान तिर प्रश्न तेर्साउदै यो भन्न बाध्य हुन्छु कि ” भगवान यि मान्छेहरु कुन समयको प्रतिक्षामा छन , हिजोको त्यो मिठो बिगत ,त्यो मिठो शैसबकाल अनि जिन्दगी बिर्सिएर यो सदभाब हराएको अनि स्वार्थले निपूर्ण तनाबी ,अभाबी र दबाबी दिनको खोजिमा छन भने बिन्ती भगवान म हिजै खुशी थिए ,म हिजै धनी थिए अनि हिजै शक्तिसाली थिए । चाहे यो जमातमा म अपबाद नै किन नबनु ,चाहे आजको मेरो बर्तमान नै किन नगुमोस ,, तर मेरो बिगत फिर्ता गर । यो माहोलले कतै मलाई खराब बनाउन सक्छ तर, म सुशिल नै रहन चाहन्छु । सक्छस आजको म गरीबलाई निसुल्क फिर्ता गर सक्दैनन सशुल्क फिर्ता गर ,तर मेरो बिगत फिर्ता गर । तेरो गुनको मुल्य म जिन्दगी भरी तेरो आरती उतारेर चुकाउनेछु । “

पढिदिनुहुने सम्पूर्णलाई धन्यबाद साथै नव बर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना । यो नया बर्ष सवैको उल्लासमय , अर्थपूर्ण र उपलब्धिपूर्ण बनोस ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण